थप कला/शैली
सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज
अस्ट्रेलियाको पर्यटकीय नगरी सीड्नीमा नेपाली समाज बढदैगर्दा यहाँको सबैखाले व्यबशायमा नेपालीहरुको सहभागिता महत्वपुर्ण बन्दै गएको छ । आइतबार, साउन २०, २०८१
आज मेलबर्नमा तीज कार्यक्रम हुदै
शनिबार, साउन १९, २०८१
नेपाल प्रेस युनियन युरोप शाखाको अध्यक्षमा सञ्जयभक्त कँडेल र महासचिवमा प्रबल भट्टराई
बिहीबार, साउन १७, २०८१
बार्षिक १ दशमलब ६ अर्ब बराबरको नेपाली उत्पादन अष्ट्रेलियामा आयात गरिदै
बुधबार, साउन १६, २०८१
भर्खरै
- एडिलेडमा सातौँ ओसियाना नेपाली स्पोर्ट्स मिटको तयारी तीव्र
- पर्थमा गुञ्जिँदैछ नेपालीपन, अक्टोबर १० शनिबार हुँदैछ नेपाल महोत्सव
- डब्बोकी आन्या सुमन कोइरालालाई NSW Young Volunteer of the Year सम्मान
- स्वास्थ्य र सामाजिक सचेतनामा जोड दिँदै दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलियाको कार्यक्रम सम्पन्न
- साउथवेस्ट नेपाली समाजमा चन्द्रको नेतृत्व
देशले नेता जन्मायाे !
१०४ वर्षकाे निरङ्कुस शासन हटायाे
वीर शहिदकाे सपना पाेकाे पार्दै
बि पि र मदन भन्डारीकाे भाषण जन्मायाे।
एमाले र कांग्रेस माैलायाे
जेलका नेता छुटायाे
देश परिवर्तनकाे नाउमा
काघमा बन्दुक बाेकाइ्याे
जनतालाई छापामार बनाइ्याे
जिन्दाबाद मुर्दावादकाे चर्काे नारा जुलुस घन्काइ्याे।
हाँसी हाँसी छातीमा गाेली थाप्न पठाइ्याे
आमालाई छाेरा शहिद भयाे भनियाे
छाेरालाई अरब जानु पर्दैन भन्दै घर पठाईयाे
आखिरमा खाेक्राे भाषणकाे मलामी वनायाे।
°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°
२००७ सालकाे क्रान्ति जन्मियाे
काकाकाे टाऊकाे काट्न पठाईयाे
जनतालाई पन्चे बनाईयाे
पिसकाेर काण्ड, खाेकुछिन्ताङ काण्डमा
रगतकाे हाेलीले नेपाली माटाे भिज्याे!
२९, ३६ र ५१ सालमा
बिद्यार्थी र जनताकाे विभत्स हत्या गरियाे
कति पुरियाे कतिलाई घाेची मारियाे
शहिदकाे सपना डाँकाे छाडेर राेहिरह्याे२
आखिर खाेक्राे भाषणकाे मलामी बनाईयाे।
**********************************
जनताले श्वास फेर्न नपाउदै माओवादी जन्माईयाे
भारतकाे अतिक्रमण यता चुलिंदै थियाे
एउटै कलेजाे सिरानी बनाएका नेपालीलाई
तराई पहाड अनि क्षेत्री बाहुन बनाईयाे
देश भित्र देश लुटियाे
आमाहरुकाे काख खोसियो
श्रीमतिकाे सिन्दुर डाँकाे छाडी राेह्याे
बचेका जवानहरु विदेशीनकाे घुइराे छुट्याे
एउटा राजा फ्याकियाे
दर्जौनौ राजा बनाईयाे
बल्ल तल्ल संविधान आयाे
सिंहदरवार घुष घरकाे अखडा वन्याे
बलात्कार र हत्याले पराकाष्ट चुलियाे
ढाकछाेप तन्त्रले काख पायाे
भारतले नेपाली नेता किन्दै
वीर गाेरखालीकाे भुमिमा बुट बजायाे
नेताकाे खाेक्राे भाषणले
जनतालाई केवल मलामी बनायाे २।