थप LEADING_MAIN
सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज
अस्ट्रेलियाको पर्यटकीय नगरी सीड्नीमा नेपाली समाज बढदैगर्दा यहाँको सबैखाले व्यबशायमा नेपालीहरुको सहभागिता महत्वपुर्ण बन्दै गएको छ । आइतबार, साउन २०, २०८१
आज मेलबर्नमा तीज कार्यक्रम हुदै
शनिबार, साउन १९, २०८१
नेपाल प्रेस युनियन युरोप शाखाको अध्यक्षमा सञ्जयभक्त कँडेल र महासचिवमा प्रबल भट्टराई
बिहीबार, साउन १७, २०८१
शुक्रबार मुन लाइटस ग्रुप्स नामक ग्रोसरी पसलले ग्रानभिलमा एनआरएन मार्फत बिध्यार्थीलाई राहत बाड्न चामल, दाल, तेल,नुन र आलु भुजिया सहयोग गरेको छ । मुन लाइट्स ग्रुपका ग्रोसरी अर्टामन र ग्रानभिलमा रहेका छन । यसका प्रोपाइटरहरु भेषराज भट्टराइ , तोयराज भट्टराइ र प्रकाश भट्टराइले दुइ सय किलो चामल, एक सय किलो दाल, एक सय लिटर खाने तेल, एक सय किलो नुन र एक सय प्याकेट आलु भुजिया एनआरएनलाई प्रदान गरेको छ । हामीले जे सक्यौ त्यही दिएर सहयोग गर्ने निर्णय गरयौ, सबैले आआफ्नो गच्छे अनुरुप सहयोग गर्ने हो भने अहिलेको यो समस्या टर्न सक्छ भन्ने हाम्रो बुझाइ हो । त्यसपछि सबै गरेर खान सक्ने भइन्छ, मुनलाइट्सका प्रोपाइटर प्रकाश भट्टराइले बताए ।
उनिहरुले सो सामाग्री एनआरएनका कोषाध्यक्ष अनिल पोखरेल र प्रबक्ता नन्द गुरुङ तथा एनएसडब्लुका सह सचिब तिर्थराज कार्कीलाई हस्तानतरण गरे । एनआरएनका प्रवक्ता नन्द गुरुङले सो सामाग्री भोलीदेखिनै समस्यामा परेका बिध्यार्थीहरुलाई राहतस्वरुप बाडिने जानकारी दिए ।