थप LEADING_MAIN
सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज
अस्ट्रेलियाको पर्यटकीय नगरी सीड्नीमा नेपाली समाज बढदैगर्दा यहाँको सबैखाले व्यबशायमा नेपालीहरुको सहभागिता महत्वपुर्ण बन्दै गएको छ । आइतबार, साउन २०, २०८१
आज मेलबर्नमा तीज कार्यक्रम हुदै
शनिबार, साउन १९, २०८१
नेपाल प्रेस युनियन युरोप शाखाको अध्यक्षमा सञ्जयभक्त कँडेल र महासचिवमा प्रबल भट्टराई
बिहीबार, साउन १७, २०८१
बार्षिक १ दशमलब ६ अर्ब बराबरको नेपाली उत्पादन अष्ट्रेलियामा आयात गरिदै
बुधबार, साउन १६, २०८१
भर्खरै
- NAWS कप सकर २०२६: दर्ता खुला, अन्तिम मिति ३० अप्रिल
- NAWS कप सकर NAWS कप सकर २०२६: दर्ता खुला, अन्तिम मिति ३० अप्रिल
- सिड्नीमा नेपाली अभिभावक समाज अष्ट्रलद्वारा नयाँ वर्ष र माता तिर्थ औँसी विशेष कार्यक्रम सम्पन्न
- अर्बन नेपलिज कम्युनिटीद्वारा भोली सिड्नीमा ‘ नेपाली नयाँ वर्ष २०८३’ भव्य रूपमा मनाइने
- नेपलिज कम्युनिटी अफ न्यूक्यासल (NCON) को नयाँ कार्यसमिति सर्वसम्मत चयन
साताको लोकप्रीय
गैरआवासीय नेपाली संघका निवर्तमान अध्यक्ष भवन भट्टले कोरोना भाइरसको विश्वव्यापी संक्रमणका कारण पीडित नेपाली समुदायप्रति चिन्ता व्यक्त गर्दै कोरोना भाइरसको संक्रमणमा परेका नेपालीको सहयोगमा आफ्नो र अर्को नभनी एकजुट भएर लाग्नुपर्ने बताएका छन् । गैरआवासीय नेपाली संघको सम्पन्न पदाधिकारी तथा पूर्वअध्यक्षहरुको बैठकमा बोल्दै उनले सबैसँग हातमा हात मिलाएर अघि बढ्न पनि आग्रह गरे ।
उक्त अवसरमा कोरोना भाइरस (कोभिड–१९) को महामारीले चपेटमा परेका विदेशमा रहेका नेपालीको सहयोग गर्न गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्षहरुले कोरोना संक्रमणबाट पीडित नेपालीको सहयोगका लागि संघका सम्पूर्ण संयन्त्र परिचालन गर्ने पनि बताए ।
बैठकमा अध्यक्ष कुमार पन्तले कोरोना पिडित र नेपाल फर्किन चाहने नेपालीहरुका सम्वन्धमा पूर्वअध्यक्षसँग परामर्श गरेका थिए ।
बैठकलाई सम्बोधन गर्दै गैरआवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक अध्यक्ष डा.उपेन्द्र महतोले नेपाल फर्केर आउने नेपालीलाई देशमा समायोजन गर्न आर्थिक रुपमा पनि तयार हुनुपर्नेमा जोड दिए । उनले कोरोना संक्रमणको महामारीबाट प्रभावितका लागि सहयोगार्थ आर्थिक संकलन गरेर दीर्घकालीन कोष स्थापना गर्न सुझाव दिए ।
बैठकमा पूर्वअध्यक्ष देवमान हिराचनले लकडाउनका कारण नेपालमा हजारौं नेपालीले जनताले दुःख पाएको बताउँदै संघले नेपाल सरकारको ध्यानकर्षण गराउनु पर्ने विचार व्यक्त गरे । उनले लकडाउनका कारण कृषी उत्पादनले बजार नपाउँदा कृषकले आर्थिक क्षेती व्यहोर्नु परेको बताए ।
विदेशमा रहेका नेपालीका समस्या समाधानको लागि गैरआवासीय नेपाली संघले थप सक्रियता देखाउनुपर्नेमा पूर्वअध्यक्ष जीवा लामिछानेले जोड थियो । पूर्वअध्यक्ष लामिछाने कोरोना संक्रमणको महामारीका कारण विश्वबजारमा आर्थिक मन्दी आउन सक्ने भन्दै लाखौं नेपाली बेरोजगार हुने सक्नेतर्फ सचेत गराए । उनले संघलाई अल्पकालीन तथा दीर्घकालीन कार्ययोजना तयार गर्न सुझाव दिए ।
संघका उपाध्यक्ष मन केसीले कोरोना भाइरसका कारण अष्ट्रेलियमा रहेका नेपालीहरुले भोगेको समस्यका बारेमा जानकारी दिए ।
बैठकमा रामप्रताप थापाले संसारभर ९० प्रतिशत विद्यार्थीलाई खान बस्नको लागि समस्या रहेको बताए । उनले विद्यार्थीको मुख्य समस्यामा केन्द्रित रहेर संघले राहतको प्याकेज ल्याउनुपर्नेमा जोड दिए ।
बैठकमा संघका प्रवक्ता डिबी क्षेत्रीले मध्यपूर्वमा रहेका गैरआवासीय नेपाली समुदायका गतिविधी र समस्याका बारेमा आफ्ना भनाई राखेका थिए ।
कोषाध्यक्ष महेश श्रेष्ठले आर्थिक पारदर्शितका बारेमा प्रकाश पारेका थिए ।
कोरोना भाइरसको महामारीपछि विश्वव्यापी नेपालले भोगेको समस्याका बारेमा संघका पूर्वअध्यक्षको महत्वपूर्ण भूमिका हुने बताए । अध्यक्ष पन्तको अध्यक्षतामा बसेको बैठक महासचिव डा. हेमराज शर्माले सञ्चालन गरेका थिए । स्मरणरहोस संघको बैठकमा पुर्व अध्यक्ष शेष घलेको उपस्थीती भने रहेन ।