थप LEADING_MAIN
सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज
अस्ट्रेलियाको पर्यटकीय नगरी सीड्नीमा नेपाली समाज बढदैगर्दा यहाँको सबैखाले व्यबशायमा नेपालीहरुको सहभागिता महत्वपुर्ण बन्दै गएको छ । आइतबार, साउन २०, २०८१
आज मेलबर्नमा तीज कार्यक्रम हुदै
शनिबार, साउन १९, २०८१
नेपाल प्रेस युनियन युरोप शाखाको अध्यक्षमा सञ्जयभक्त कँडेल र महासचिवमा प्रबल भट्टराई
बिहीबार, साउन १७, २०८१
बार्षिक १ दशमलब ६ अर्ब बराबरको नेपाली उत्पादन अष्ट्रेलियामा आयात गरिदै
बुधबार, साउन १६, २०८१
भर्खरै
- सिड्नीको बन्डाई बिचमा भएको आतङ्ककारी आक्रमणप्रति एनआरएनए अष्ट्रेलियाको कडा निन्दा
- शब्दमाला नेपाली भाषा विद्यालयको नयाँ समिति चयन अध्यक्षमा दीपक लामिछाने
- हाम्रो ज्ञान ,संस्कृति र पहिचानमा पुस्तान्तरणको भुमिका
- डब्बो नेपाली समुदाय अष्ट्रेलियाले आफ्नो १० औं साधारण सभा मनायो
- एनआरएनए स्टेरिङ कमिटीको पहिलो बैठक सम्पन्न
मेलवर्नका नेपाली मुलका अस्ट्रेलियन ब्यापारी शेष घलेले लामो मौनतापछि मुख खोल्दै कोरोनावाट प्रभावित मेलवर्न इन्सीच्युट अफ टेक्नोलोजी (एमआइटी)का सीड्नी र मेलवर्नमा अध्यनरत अन्तराष्ट्रिय बिध्यार्थीका लागि भन्दै दस लाख डलरको सहयोगी कोषको घोषणा गरेका छन । यो सहयोग रकम घलेको एमआइटी कलेजमा पढने नेपाली लगायत सम्पुर्ण बिदेशी बिध्यार्थीको लागि पनि हो ।
करिब चार हजार बिध्यार्थी अध्यनरत शेष घलेलेको कलेज एमआइटीमा फेडरेसन बिश्वबिद्यालय अन्तर्गत अध्यन अध्यापन हुने गर्दछ । अस्ट्रेलियाका एक सय धनी उद्योगीमध्ये एक रहेका नेपाली मुलका शेष घले कलेज ब्यवशाय र रियलस्ेटटका कहलिएका ब्यक्तीत्व हुन । कोरोना रोगको संक्रमणका कारण अस्ट्रेलियामा रहेका नेपाली बिध्यार्थीहरु समस्यामा रहेको बेला शेष घलेले कलेजको तर्फवाट अािर्थक रुपमा प्रभावित बिध्यार्थीका लागि राहतका लागि भन्द्रै यो बिशेष सहयोग प्याकेजको घोषणा गरेका हुन । एमआइटीमा एकिनका साथ कति नेपाली बिध्यार्थी अध्यनरत छन भन्ने यकिन गर्न नसकेपनि त्यहा कम्तीमा पनि अध्यनरत नेपाली बिध्यार्थी यस सहयोगी अभियानवाट लाभान्वित हुने देखिन्छन । कोरोनाका कारण काम गुमाएका बिध्यार्थी र आर्थिक समस्याको मारमा रहेका हरुलाइै पाँंच सय डलरसम्मको सहयोग गरिने एमआइटीले आफ्नो वेभसाइटमा प्रेश बक्तब्य जारी गर्दै जनाएको छ । कोरोनाको कारण आर्थिक रुपमा समस्यामा परेका र यसको प्रभावले रोजगार गुमाएका बिध्यार्थीहरुको समस्यालाई मध्यनजर गरेर कलेजले यो आपतकालिन राहत कोषको घोषणा गरेका् कलेजका कार्यकारी प्रमुख शेष घलेले बिज्ञप्तीमा जनाएका छन ।