नेभिगेशन
LEADING_MAIN

पत्रकारहरुको अवमूल्यन गर्न पाइदैन : एन्जा

अष्ट्रेलियामा सक्रिय नेपाली पत्रकारहरुको संगठन एन्जाले विज्ञप्ती निकालेर अस्ट्रेलियामा रहेका केहि संघ संस्थाले नेपाली पत्रकारहरुलाई अपमान गरेको भन्दै त्यसको भत्सर्ना गरेको छ । पछिल्लो समय अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले अन्तराष्ट्रिय विद्यार्थीका बारेमा दिएको अभिव्यक्तीबारे नेपाली पत्रकारहरुले लेखेको समाचार सामाग्री बारे टिप्पणी गर्ने नाममा संघ संस्थाका जिम्मेवार पदाधिकारीबाटै सामाजिक संजालमा नेपाली पत्रकारबारे टिप्पणी गरिएको भन्दै एन्जाले बिरोध गरेको हो । एन्जाद्धारा जारी विज्ञप्तीमा भनिएको छ- पछिल्लो केही दिनदेखि मुख्यतः अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले अन्तर्राष्ट्रिय विद्यार्थीका सन्दर्भमा दिनुभएको अभिव्यक्ति पछि अष्ट्रेलियामा क्रियाशील रहेका र आफुलाई ठूलो सामाजिक संस्था दावी गर्ने संस्थाका जिम्मेवार पदाधिकारी, मूल नेतृत्व, , केही शैक्षिक व्यवसायी लगायतका व्यक्तिहरुले विभिन्न माध्यमबाट गरेका टिप्पणीप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । अष्ट्रेलियामा ३ दर्जन बढी नेपाली पत्रकारहरु सक्रिय छन् । उनीहरुले अष्ट्रेलियाका नेपाली भाषी र नेपालका ठुला संचारगृहका लागि कलम चलाउदै आएका छन् । एन्जाले जारी गरेको विज्ञप्तीमा भनिएको छ- ‘उक्त समाचार सामाग्रीलई लिएर आफ्नो व्यक्तिगत स्वार्थपूर्ति गर्ने नियतले, स्पष्ट पार्ने नाममा यहाँ कार्यरत पत्रकारहरुको अवमूल्यन गर्ने, उनीहरुको मान मर्दन गर्ने र सामाजिक सञ्जालहरुमा अपमान गर्ने जस्तो कार्य भएकोमा नेपाली पत्रकारहरुको साझा संगठन अष्ट्रेलियन नेपाली जर्नलिष्ट एशोसिएसन (एन्जा) त्यसको घोर भत्र्सना गर्दछ । एन्जाले जारी गरेको प्रेस विज्ञप्ती
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप LEADING_MAIN
सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज

सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज

अस्ट्रेलियाको पर्यटकीय नगरी सीड्नीमा नेपाली समाज बढदैगर्दा यहाँको सबैखाले व्यबशायमा नेपालीहरुको सहभागिता महत्वपुर्ण बन्दै गएको छ ।