थप LEADING_MAIN
सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज
अस्ट्रेलियाको पर्यटकीय नगरी सीड्नीमा नेपाली समाज बढदैगर्दा यहाँको सबैखाले व्यबशायमा नेपालीहरुको सहभागिता महत्वपुर्ण बन्दै गएको छ । आइतबार, साउन २०, २०८१
आज मेलबर्नमा तीज कार्यक्रम हुदै
शनिबार, साउन १९, २०८१
नेपाल प्रेस युनियन युरोप शाखाको अध्यक्षमा सञ्जयभक्त कँडेल र महासचिवमा प्रबल भट्टराई
बिहीबार, साउन १७, २०८१
बार्षिक १ दशमलब ६ अर्ब बराबरको नेपाली उत्पादन अष्ट्रेलियामा आयात गरिदै
बुधबार, साउन १६, २०८१
भर्खरै
- सिड्नीको बन्डाई बिचमा भएको आतङ्ककारी आक्रमणप्रति एनआरएनए अष्ट्रेलियाको कडा निन्दा
- शब्दमाला नेपाली भाषा विद्यालयको नयाँ समिति चयन अध्यक्षमा दीपक लामिछाने
- हाम्रो ज्ञान ,संस्कृति र पहिचानमा पुस्तान्तरणको भुमिका
- डब्बो नेपाली समुदाय अष्ट्रेलियाले आफ्नो १० औं साधारण सभा मनायो
- एनआरएनए स्टेरिङ कमिटीको पहिलो बैठक सम्पन्न
यसै सन्दर्भमा सिड्नीको नेपालीहरुको बाक्लो बस्ती रहेको ग्रानभिल क्षेत्रमा रहेको एउटा अपार्टमेन्टमा बस्ने चार जना नेपाली बिध्यार्थीहरुमा कोरोना संक्रमण भएको पृष्टी भएको छ भने उनिहरु हाल आइसोलेसनमा रहेका छन । उनिहरु बस्ने अपार्टमेन्टमा पचासौ अन्य नेपाली बिध्यार्थी समेत बसोबास गर्दै आएका छन ।
ग्रानभिलमा एक जना नेपाली युवतीमा कोरोना देखिएपछि सँंगै बस्ने अन्य तिन जनाले पनि परिक्षण गर्दा उनिहरुमा कोरोना संक्रमण पुष्टी भएको र उनिहरु आफ्नै अपार्टमेन्टमा आइसोलेसनमा रहेका छन । हामीले उनिहरुको स्वास्थस्थितीका बारेमा चासो राखेका छौ र हालसम्म उनिहरु स्वस्थ रहेको जानकारी प्राप्त भएको राजदुत महेशराज दाहालले बताए ।
यसै गरी मेलवर्नमा एकै परिवारमा रहेका तिन जनामा कोरोना संक्रमण देखिएपछि उनिहरुसँंग संसर्गमा आएकाहरुको पहिचान गरिन थालिएको छ । तास्मानियामा थप एक जना नेपाली बिध्यार्थीलाई कोरोना भएको राजदुतावासले जनाएको छ ।
हामीकाँंहा हालसम्म सिड्नीको ग्रानभिल र मेलवर्नको गरि करिब आठ जना नेपालीमा संक्रमण भएको खबर प्राप्त भएको र दुतावास उनिहरुसँंग संचार सम्पर्कमा रहेको अस्ट्रेलियाका लागि नेपाली राजदुत महेशराज दाहालले बताए ।
हाल अस्ट्रेलियामा करिब ६० हजार नेपाली बिध्यार्थी अध्यनरत रहेको र यस्तो परिस्थीतीमा सबैले संयम भएर घरमा बस्न र भिडभाडमा नजान राजदुत दाहालले सबैलाई आग्रह गरेका छन । राजदुत दाहालले शुक्रबार मात्र नेपालवाट राष्ट्रपती बिद्यादेवि भण्डारीले नेपाली बिध्यार्थीको बिषयमा फोन गरेर चासो ब्यक्त गरेको समेत बताए ।
यस्तै मक्वारीफील्डमा र बंैकस्टाउनमा समेत नेपाली समुदायका दुइ सदस्य प्रभावित भएको संक्रमणमा परेको अपुष्ट समाचार प्राप्त भएको छ । तर यसको पुष्टी हुन भने सकेको छैन ।
हामी काँंहा तिन बिध्यार्थीहरुले यो समस्याका बारेमा जानकारी गराएका छन र हामीले आइसोलेसनका लागि र खाद्य सामाग्रीका बारेमा सोधेका थियौ, उनिहरुले अहिले पर्दैन भनेका छन, हामी आवश्यक सहयोगका लागि तयार छौ, एनआरएनका युवा संयोजक इर्शाद अहमदले सुनाए ।
सरकारले बिदेशवाट अस्ट्रेलिया आउने आफ्ना सबै नागरिकलाई प्रहरीको निगरानीमा दुइ हप्ता होटलमा आइसोलेसनमा राख्ने निर्णय समेत गरेको छ ।