थप LEADING_MAIN
सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज
अस्ट्रेलियाको पर्यटकीय नगरी सीड्नीमा नेपाली समाज बढदैगर्दा यहाँको सबैखाले व्यबशायमा नेपालीहरुको सहभागिता महत्वपुर्ण बन्दै गएको छ । आइतबार, साउन २०, २०८१
आज मेलबर्नमा तीज कार्यक्रम हुदै
शनिबार, साउन १९, २०८१
नेपाल प्रेस युनियन युरोप शाखाको अध्यक्षमा सञ्जयभक्त कँडेल र महासचिवमा प्रबल भट्टराई
बिहीबार, साउन १७, २०८१
बार्षिक १ दशमलब ६ अर्ब बराबरको नेपाली उत्पादन अष्ट्रेलियामा आयात गरिदै
बुधबार, साउन १६, २०८१
भर्खरै
- बाढीपीडितका लागि पूर्व महावाणिज्यदूत दीपक खड्काको पहल : CIBT–CIHE Australiaबाट ५१ लाख सहयोग
- बाढी-पहिरो पीडितका लागि प्रवासी नेपाली मञ्चद्वारा २० लाख रुपैयाँ सहयोगको घोषणा
- एनआरएनए अस्ट्रेलियाको बाढीपहिरो पीडितका लागि ४५ लाख सहयोग
- नेपालका बाढीपीडितको सम्झनामा भोली आईतवार पारामाटामा ‘क्यान्डललाइट भिजिल’
- नेपालका बाढीपीडितको सम्झनामा आज सिड्नीको मार्टिन प्लेसमा दीप प्रज्वलन गरिने
साताको लोकप्रीय
यसै सन्दर्भमा सिड्नीको नेपालीहरुको बाक्लो बस्ती रहेको ग्रानभिल क्षेत्रमा रहेको एउटा अपार्टमेन्टमा बस्ने चार जना नेपाली बिध्यार्थीहरुमा कोरोना संक्रमण भएको पृष्टी भएको छ भने उनिहरु हाल आइसोलेसनमा रहेका छन । उनिहरु बस्ने अपार्टमेन्टमा पचासौ अन्य नेपाली बिध्यार्थी समेत बसोबास गर्दै आएका छन ।
ग्रानभिलमा एक जना नेपाली युवतीमा कोरोना देखिएपछि सँंगै बस्ने अन्य तिन जनाले पनि परिक्षण गर्दा उनिहरुमा कोरोना संक्रमण पुष्टी भएको र उनिहरु आफ्नै अपार्टमेन्टमा आइसोलेसनमा रहेका छन । हामीले उनिहरुको स्वास्थस्थितीका बारेमा चासो राखेका छौ र हालसम्म उनिहरु स्वस्थ रहेको जानकारी प्राप्त भएको राजदुत महेशराज दाहालले बताए ।
यसै गरी मेलवर्नमा एकै परिवारमा रहेका तिन जनामा कोरोना संक्रमण देखिएपछि उनिहरुसँंग संसर्गमा आएकाहरुको पहिचान गरिन थालिएको छ । तास्मानियामा थप एक जना नेपाली बिध्यार्थीलाई कोरोना भएको राजदुतावासले जनाएको छ ।
हामीकाँंहा हालसम्म सिड्नीको ग्रानभिल र मेलवर्नको गरि करिब आठ जना नेपालीमा संक्रमण भएको खबर प्राप्त भएको र दुतावास उनिहरुसँंग संचार सम्पर्कमा रहेको अस्ट्रेलियाका लागि नेपाली राजदुत महेशराज दाहालले बताए ।
हाल अस्ट्रेलियामा करिब ६० हजार नेपाली बिध्यार्थी अध्यनरत रहेको र यस्तो परिस्थीतीमा सबैले संयम भएर घरमा बस्न र भिडभाडमा नजान राजदुत दाहालले सबैलाई आग्रह गरेका छन । राजदुत दाहालले शुक्रबार मात्र नेपालवाट राष्ट्रपती बिद्यादेवि भण्डारीले नेपाली बिध्यार्थीको बिषयमा फोन गरेर चासो ब्यक्त गरेको समेत बताए ।
यस्तै मक्वारीफील्डमा र बंैकस्टाउनमा समेत नेपाली समुदायका दुइ सदस्य प्रभावित भएको संक्रमणमा परेको अपुष्ट समाचार प्राप्त भएको छ । तर यसको पुष्टी हुन भने सकेको छैन ।
हामी काँंहा तिन बिध्यार्थीहरुले यो समस्याका बारेमा जानकारी गराएका छन र हामीले आइसोलेसनका लागि र खाद्य सामाग्रीका बारेमा सोधेका थियौ, उनिहरुले अहिले पर्दैन भनेका छन, हामी आवश्यक सहयोगका लागि तयार छौ, एनआरएनका युवा संयोजक इर्शाद अहमदले सुनाए ।
सरकारले बिदेशवाट अस्ट्रेलिया आउने आफ्ना सबै नागरिकलाई प्रहरीको निगरानीमा दुइ हप्ता होटलमा आइसोलेसनमा राख्ने निर्णय समेत गरेको छ ।