थप LEADING_MAIN
सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज
अस्ट्रेलियाको पर्यटकीय नगरी सीड्नीमा नेपाली समाज बढदैगर्दा यहाँको सबैखाले व्यबशायमा नेपालीहरुको सहभागिता महत्वपुर्ण बन्दै गएको छ । आइतबार, साउन २०, २०८१
आज मेलबर्नमा तीज कार्यक्रम हुदै
शनिबार, साउन १९, २०८१
नेपाल प्रेस युनियन युरोप शाखाको अध्यक्षमा सञ्जयभक्त कँडेल र महासचिवमा प्रबल भट्टराई
बिहीबार, साउन १७, २०८१
बार्षिक १ दशमलब ६ अर्ब बराबरको नेपाली उत्पादन अष्ट्रेलियामा आयात गरिदै
बुधबार, साउन १६, २०८१
भर्खरै
- एडिलेडमा नेपाली खेलकुदको महाकुम्भ, ७औँ ओशिनिया स्पोर्ट्स मिटको तयारी अघि बढ्यो
- नवाज कप २०२६ को ग्रान्ड फाइनल जुलाई १९ तारिक आइतबार हुने
- नेपाली कला, संस्कृति तथा साहित्य प्रतिष्ठानले सिड्नीमा २१३औँ भानु जयन्ती मनायो
- सिड्नीमा नेपाली चलचित्र ‘बिगुल’को शनिबार विशेष प्रिमियर हुने
- एनएएको ‘चिल्ड्रेन्स ट्यालेन्ट नाइट २०२६’ सम्पन्न, बालप्रतिभाले मञ्चमा देखाए कला र आत्मविश्वास
साताको लोकप्रीय
नेपाली लगायत दक्षिण एशियाली बिध्र्याीहरुलाई लक्षीत गरेर अस्ट्रेलियामा पछिल्ला दिनहरुमा राज्यले अवलम्बन गरेको आप्रवासन निती र त्यसका संभावना र अन्य प्राविधिक पक्ष जानकारी दिने उद्देस्यले कार्यक्रमको आयोजना गरिएको यसका निर्देशक बद्री अर्यालले बताए ।
डेढ दशक अघिदेखि अन्तर्रा्ष्ट्रिय विद्यार्थीहरुलाई उच्च शिक्षाका लागि अस्ट्रेलिया आउन परार्मश दिदै आएको एक्सर्पट एजुकेशन एण्ड भिसा सर्भिसेसले उक्त एक दिने सेमिनारले सुन्दर भबिष्य बोकेर उच्च अध्यनमा यहाँं आएका बिध्यार्थीहरुलाई आफ्नो लक्ष्य प्राप्तीमा सहयोग हुने जनाएको छ ।
संस्थाका निर्देशक बद्री अर्यालले भन्छन, छिट्टो छरितो र पारदर्शी रुपमा सुलभ र सही दिशा निर्देश गर्न सेमिनारकोे आयोजना गरिएको हो । सेमिनारमा करिब तिन सय नेपाली तथा अन्य मुलुकका बिध्यार्थीहरुको सहभािगता रहेको थियो ।
कार्यक्रममा एक्सपर्टका रजिस्टर्ड माइग्रेशन एजेन्टहरुले अहिलेको अस्ट्रेलियाको पछिल्लो क्षेत्रीय आप्रवासन नीति अर्थात रिजनल मुभमेन्टकोबारेमा विस्तृत जानकारी दिएका थिए । पछिल्ला केहि महिनामा अस्ट्रेलियाले परिवर्तन गरेको कयैन नियमहरुले बिध्यार्थीहरु अन्यौलमा परेको बेला यो सेमिनारले धेरै कुरा बुझन मघत मिलेको सहभागि नेपाली बिध्यार्थी निराजन गौतमले बताए ।
यस पटक सेमिनारको मुख्य उदेश्य नयाँ रिजनल क्षेत्रहरुमा जानुको फाइदा, एक अथवा दुई वर्ष थप्न मिल्ने पि.एस.डब्लु (टीआर) भिसा, रिजनल १९० र ४९१ भिसा सब क्लासको मापदण्डहरुको बिषय हो, एक्सपर्टका अर्का निर्देशक सन्जिव शर्माले सुनाए । यतिखेर पढाइ सकेर वा पढदै स्थायीत्वको खोजीमा रहेका बिध्यार्थीहरुका लागि कुन क्षेत्रमा जाने र त्यहा कस्तो सुविधा प्राप्त हुन्छ भन्ने बिषय महत्वपुर्ण बनेको छ ,यसले पनि हामीले यो सेमिनार राखेका हौ, निर्देशक शर्माले सुनाए ।
सेमिनारमा अस्ट्रेलियाभरका करिब २७ वटा बिश्वबिद्यालय र शैक्षिक संस्थाको प्रत्यक्ष सहभािगता रहेको थियो । जाँंहा बिध्यार्थीहरुले प्रत्यक्ष रुपमा आफ्नो जिज्ञासा राखेका थिए ।
यति धेरै युनिभर्सिटी एव कलेजहरुका प्रतिनिधिहरुसँग प्रत्यक्ष परार्मश लिन पाउनु बिध्यार्थीहरुको लागि पनि महत्वपुर्ण बिषय रहेको र एक्सपर्टले यसका लागि सहजकर्ताको भुमिका खेलेको निर्देशक शर्माले भने ।
अस्ट्रेलियन नेशनल युनिभर्सिटी, युनिभर्सिटी अफ तासमेनिया, युनिभर्सिटी अफ क्यानबेरा, चाल्स डार्विन युनिभर्सिटी, युनिभर्सिटी अफ वलङगङ्ग, अस्ट्रेलियन क्याथलिक युनिभर्सिटीलगायतको प्रत्यक्ष सहभागिता र परामर्शको ब्यवस्थापन गरिएको सेमिनार नेपाली बिध्यार्थीहरुका लागि एउटा अवसरका रुपमा रहेको एक्स्पर्टका कार्यकारी मन्जित घिमिरेले बताए ।