थप LEADING_MAIN
सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज
अस्ट्रेलियाको पर्यटकीय नगरी सीड्नीमा नेपाली समाज बढदैगर्दा यहाँको सबैखाले व्यबशायमा नेपालीहरुको सहभागिता महत्वपुर्ण बन्दै गएको छ । आइतबार, साउन २०, २०८१
आज मेलबर्नमा तीज कार्यक्रम हुदै
शनिबार, साउन १९, २०८१
नेपाल प्रेस युनियन युरोप शाखाको अध्यक्षमा सञ्जयभक्त कँडेल र महासचिवमा प्रबल भट्टराई
बिहीबार, साउन १७, २०८१
बार्षिक १ दशमलब ६ अर्ब बराबरको नेपाली उत्पादन अष्ट्रेलियामा आयात गरिदै
बुधबार, साउन १६, २०८१
भर्खरै
- सिड्नीको बन्डाई बिचमा भएको आतङ्ककारी आक्रमणप्रति एनआरएनए अष्ट्रेलियाको कडा निन्दा
- शब्दमाला नेपाली भाषा विद्यालयको नयाँ समिति चयन अध्यक्षमा दीपक लामिछाने
- हाम्रो ज्ञान ,संस्कृति र पहिचानमा पुस्तान्तरणको भुमिका
- डब्बो नेपाली समुदाय अष्ट्रेलियाले आफ्नो १० औं साधारण सभा मनायो
- एनआरएनए स्टेरिङ कमिटीको पहिलो बैठक सम्पन्न
यसै क्रममा एक्सपर्ट एजुकेशन एन्ड भिषा सर्भिसेजले भने सोमबार सबै कर्मचारी तथा संस्थाकोतर्फवाट ग्रामिण अग्नी निणन्त्रण बिभागलाई दश हजार अस्ट्रेलीयन डलर सहयोग गरेको छ । बिभागको कार्यालयमा आयोजित कार्यक्रममा एक्सपर्टका निर्देशक सन्जिव शर्माले ग्रामिण अग्नी नियन्त्रण बिभागका प्रमुख शेन फीजसिमोन्सलाई दश हजार डलरको चेक हस्तान्तरण गरेका थिए । डढेलोले अस्ट्रेलियाको करिब ५९ लाख हेक्टर क्षेत्रफलमा प्रभाव पारेको र यसको प्रकोपमा परि २३ जना अस्ट्रेलियानले ज्यान गुमाइसकेको अवस्थामा राहतका लागि सहयोगमा जुट्नु हामी सबैको कर्तब्य हो र एक्सपर्ट टीमले पनि आफ्नोे कर्तब्य पुरा गरेको हो, शर्माले बताए ।
देशभर डढेलोको प्रकोपसँंग जुझिरहेको अस्ट्रेलियन सरकार यतिखेर ठुलो बाताबरणिय तथा आर्थिक संकटवाट गुज्रनुपर्ने अवस्थामा देखिएको छ । तिन महिनादेखि डढेलोको काहाली लाग्दो अवस्थाका कारण २३ जनाले ज्यान गुमाउनुका साथै हजारौ जनता घरबार बिहिन भएका छन । डढेलोले अहिलेसम्म करिब पाँंच करोड पुशपंक्षी जलेर राख भएका छन । यस्तो अवस्थामा अस्ट्रेलियन सरकारलाई सहयोग गर्न विभिन्न सामािजक तथा व्यवशायीक संस्थाहरु तत्परताका साथ अगाडि बढेका छन ।
यसै क्रममा नेपाली ब्यवशायीहरुले पनि यस प्राकृतीक प्रकोपवाट बच्न अस्ट्रेलियन सरकारलाई सहयोग गर्न सुरु गरेका छन । बिभिन्न सामाजिक संघ
संस्थाले आआफ्नो तर्फवाट सहयोग रकम संकलन अभियान समेत थालनी गरेका छन ।
डढेलोको कारण दुइ हजार ६ सय घरहरु नष्ट भएका छन भने अझै धेरै स्थानमा यसको प्रभाव जारी नै रहेको छ । यसै बिच झापाली समाज अस्ट्रेलिया, अस्ट्रेलीयन एजुकेशन कन्सलट्यान्ट एलाइन्स, अर्घाखाची समाज लगायतका संघ संस्थाले पनि सहयोग संकलन कार्य प्रारम्भ गरेका छन ।