थप LEADING_MAIN
सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज
अस्ट्रेलियाको पर्यटकीय नगरी सीड्नीमा नेपाली समाज बढदैगर्दा यहाँको सबैखाले व्यबशायमा नेपालीहरुको सहभागिता महत्वपुर्ण बन्दै गएको छ । आइतबार, साउन २०, २०८१
आज मेलबर्नमा तीज कार्यक्रम हुदै
शनिबार, साउन १९, २०८१
नेपाल प्रेस युनियन युरोप शाखाको अध्यक्षमा सञ्जयभक्त कँडेल र महासचिवमा प्रबल भट्टराई
बिहीबार, साउन १७, २०८१
बार्षिक १ दशमलब ६ अर्ब बराबरको नेपाली उत्पादन अष्ट्रेलियामा आयात गरिदै
बुधबार, साउन १६, २०८१
भर्खरै
- सिड्नीको बन्डाई बिचमा भएको आतङ्ककारी आक्रमणप्रति एनआरएनए अष्ट्रेलियाको कडा निन्दा
- शब्दमाला नेपाली भाषा विद्यालयको नयाँ समिति चयन अध्यक्षमा दीपक लामिछाने
- हाम्रो ज्ञान ,संस्कृति र पहिचानमा पुस्तान्तरणको भुमिका
- डब्बो नेपाली समुदाय अष्ट्रेलियाले आफ्नो १० औं साधारण सभा मनायो
- एनआरएनए स्टेरिङ कमिटीको पहिलो बैठक सम्पन्न
केहि स्थानिय अस्ट्रेलियन र नेपाली मुलका अस्ट्रेलियनहरुलाई लिएर पहिलो बर्षको पहिलो दिन नेपाल पुग्ने र राज्यको अभियानमा हामीपनि संगै छौ भन्ने शन्देश दिन हामी आइपुगेका हौ, एनआरएन भ्रमण बर्षका अभियान एक अभियन्ता विजय पोखरेलले बताए ।
कार्यक्रमका संयोजक खेम शर्माले यस अभियान अन्तर्गत अस्ट्रेलियन टोलीले नगरकोट चितवन, पोखरा र धुलिखेल लगायतको स्थानको भ्रण्मा गरेर बिभिन्न कार्यक्रमको आयोजना सहित केहि सहयोग रकम समेत हस्तान्तरण गर्ने योजना बनाएको बताए । एनआरएन अस्ट्रेलियाका युवा संयोजक इर्शाद अहमदले बिदेशमा बसेर पनि मुलुकको उन्नती र प्रगतीमा रमाउने प्रवासी नेपालीहरुले यो अभियानलाई सहयोग पुरयाउन महत्वपुर्ण भुमिका निर्वाह गर्ने बताए ।
अस्ट्रेलियन टोलीले धुर्मुस सुन्तली फाउन्डेसन अन्तर्गत चितवनमा बन्दै गरेको क्रिकेट रंगशाला गएर र्मैत्रिपुर्ण खेल खेल्ने र सहयोग गर्ने तथा भ्रमणबर्ष सफल बनाउन कलम चलाउने सातै प्रदेशका पत्रकारहरुलाई नगद पुरस्कारको ब्यवस्थापन समेत गर्ने योजना रहेको बताए ।
कार्यक्रममा अस्ट्रेलियावाट नेपाली समुदायका अगुवा तथा पर्यटनदुत बद्री अर्याल,युवराज भट्टराइ, शेषमणी शर्मा ,सुंभास शाह लगायत सामेल छन ।
अस्ट्रेलियन टोलीलाई बुधबारनै नेपाल पत्रकार महासंघकोतर्फवाट कार्यालयमा स्वागत कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रममा नेपाल पत्रकार महासंघकाउपाध्यक्ष दिलीप थापा मगर,महासचिब रमेश बिष्ट र यस अभियानका संयोजक खेम शर्मा बिच पत्रकारीता लेखनबृती कार्यक्रममा समेत संझौता भएको छ । जस अनुरुप यो टोलीले नेपालका सातै प्रदेशका एक एक जना सन्चारकर्मीहरुलाई पचास हजारको दरले पर्यटन प्रवर्धनमा टेवा पुरयाएवापत लेखनवृती दिइने उल्लेख गरिएको छ । कार्यक्रममा नेपाल प्रेश काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ लगायतले अभियानको स्वागत गरेका थिए ।