थप LEADING_MAIN
सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज
अस्ट्रेलियाको पर्यटकीय नगरी सीड्नीमा नेपाली समाज बढदैगर्दा यहाँको सबैखाले व्यबशायमा नेपालीहरुको सहभागिता महत्वपुर्ण बन्दै गएको छ । आइतबार, साउन २०, २०८१
आज मेलबर्नमा तीज कार्यक्रम हुदै
शनिबार, साउन १९, २०८१
नेपाल प्रेस युनियन युरोप शाखाको अध्यक्षमा सञ्जयभक्त कँडेल र महासचिवमा प्रबल भट्टराई
बिहीबार, साउन १७, २०८१
बार्षिक १ दशमलब ६ अर्ब बराबरको नेपाली उत्पादन अष्ट्रेलियामा आयात गरिदै
बुधबार, साउन १६, २०८१
भर्खरै
- सिड्नीको बन्डाई बिचमा भएको आतङ्ककारी आक्रमणप्रति एनआरएनए अष्ट्रेलियाको कडा निन्दा
- शब्दमाला नेपाली भाषा विद्यालयको नयाँ समिति चयन अध्यक्षमा दीपक लामिछाने
- हाम्रो ज्ञान ,संस्कृति र पहिचानमा पुस्तान्तरणको भुमिका
- डब्बो नेपाली समुदाय अष्ट्रेलियाले आफ्नो १० औं साधारण सभा मनायो
- एनआरएनए स्टेरिङ कमिटीको पहिलो बैठक सम्पन्न
लामो समयको जुहारी पछि आफ्ना अन्तरमनका भावनाहरु पोख्न तयार भएका युवा अभियन्ता उमेश पोखरेलले भने, कर्म गर्दै जाँंदा केहि राम्रा काम गरियो होला कहिले कमी कमजोरी भए होलान त्यसलाई मैले खासै महत्वको बिषयमा राखेको छैन । हुन त सन १९९९मा प्राविधिक शिक्षा अध्यनका लागि अस्ट्रेलिया आइपुगेका भद्रपुरे युवाले दुइ दशकको आफ्नो यात्रालाई आफ्नै कथा ब्यथाका रुपमा उतारेका छन । आफनो प्रारम्भीक बिध्यार्थी जिवनका कथा ब्यथालाई संझेर पनि उमेशले काम र मामलाई सदैब सम्मान गरेका छन र अरुलाइ पनि सहयोग ।
अस्ट्रेलियाको सीड्नी शहरलाई केन्द्रबिन्दु बनाएर आफ्नो पेशालाई अगाडि बढाइरहेका उमेशले ठ्याक्कै भन्न नचाहेपनि पुग नपुग करिब दुइ हजार नेपाली बिध्यार्थीलाई रोजगारीको अवसर सृजना गरेका छन । उनी जुन कम्पनीमा काम गर्छन त्यसमा करिब ९५ प्रतिशत कमदार नेपाली रहेका छन
प्रारम्भमा सुपर भाइजरवाट काम सुरु गरेका उमेश यतिखेर नेशनल मेनेजरका रुपमा कार्यरत छन । ग्लोबल हस्पट्यिालीटी सोलुसन नामक कम्पनीमा उमेशले दुइ दशकको लामो यात्रा तय गर्दै गर्दा बिभिन्न तह र तप्कामा काम गरे तर सदैव मौका पाउने बित्तीकै नेपालीलाई नै संझन्थे जसको फलस्वरुप अहिले सो कम्पनीमा प्राय सबै नेपाली कामदार रहेका छन । उमेश कार्यरत कम्पनीमा अस्ट्रेलियाभर करिब दुइ हजार ६ सय ब्यक्तीले रोजगार पाएका छन । सन २००० देखिनै समाजिक सेवामा अभिप्रेरीत उमेशले सन २००१मा नेप्लीज अस्ट्रेलियन खुकुरी क्लबमा आवद्धता भएका थिए । सन २००५देखि सो क्लबको अध्यक्ष भएर सन २००९सम्म खेलकुदको माध्यमवाट समुदायलाई जोड्ने काम गरेका थिए । त्यसपछि लगातार विविध सामाजिक कार्यमा जुटेका यीनी उमेश झपाली समाज अस्ट्रेलियाका संस्थापक सदस्यका रुपमा देखिए । सन २०१३देखि २०१७ सम्म केन्द्रिय सदस्य रहेका उमेशले २०१७-१९मा उपाध्यक्षको भुमिका निर्वाह गरे । झापाको दिगो बिकासमा झापालीको भुमिकाको सन्दर्भमा उनले दिल खोलेर सहयोग गरे तर नाम कहिले चाहेनन ।
यतीखेर२०१९-२१का लागि झापाली समाज अस्ट्रेलियाको केन्द्रिय अध्यक्षको रुपमा निर्वाचित भएका उमेश पोखरेलले आफ्ना योजनासँंगै जन्मभुमी र कर्मभुमीको दायित्वको बारेमा आफु लागिपरेको बताए । सपरिबार पत्नी रोजा भट्टराइ र छोरी राइजासँग घरजममा रहेका उमेशले यता परदेशमा पनि आफ्नो कर्मलाई उजिल्याउने काम गरेका छन । पचासौ हजार नेपाली बिध्यार्थी अध्यनरत अस्ट्रेलियामा काम नपाएर भौतारिएका कयैन नेपाली बिध्यार्थीका लागि उनि घरबार बनेका छन भने समुदायको हितमा तन,मन र सकेजती धनले सेवा गरेर मुल्यवान पनि ।
उमेशकै भाषामा भन्ने हो भने, एउटा नेपालीले परदेशमा अर्को नेपालीलाई सहयोग गर्नु भनेको आफ्नो दायित्व पुरा गर्नु हो,यो कुनै ठुलो बिषय होइन तर हाम्रो समाजमा सानो काम गरेपनि ठुलो प्रचार गर्ने परम्पराले केहि हदसम्म बिगारेको छ । हो मैले नेपाली भाइ बहिनीहरुलाई काम लगाइदीए त्यो खासै ठुलो कुरो होइन, कामदार चाहिएको थियो र मैले सिफारीस गरिदिएको हो, नेपाली इमान्दार हुन्छन, काम राम्ररी गर्छन त उनीहरुलाई लिन कम्पनी तयार छ,यो बुझ्नु पर्ने अर्को पाटो हो , उमेशले सहजरुपमा बास्तविकता सुनाए ।
नेपालीहरुको पदीय जिम्मेबारी महत्वपुर्ण रहेको हरेक क्षेत्रमा एउटा नेपालीले अर्को नेपालीलाई सहयोग गर्ने हो भने धेरै क्षेत्रमा नेपालीहरुले मौका पाउनसक्छन , यो बिषयमा हामी गम्भीर हुन जरुरी छ । हालसम्म उनले कार्यरत क्लीनीङ कम्पनीमा हजारौ नेपालीलाई काम दिलाइसक्दा पनि उनले आफ्नो काम र नाम अगाडि ल्याउन चाहेनन । यी युवा अभियन्ता जसले अस्ट्रेलियन भुमिमा नेपालीपनको गौरव र सहयोगको मर्म बुझेका छन यीनलाई हाम्रो सलाम ।