थप LEADING_MAIN
सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज
अस्ट्रेलियाको पर्यटकीय नगरी सीड्नीमा नेपाली समाज बढदैगर्दा यहाँको सबैखाले व्यबशायमा नेपालीहरुको सहभागिता महत्वपुर्ण बन्दै गएको छ । आइतबार, साउन २०, २०८१
आज मेलबर्नमा तीज कार्यक्रम हुदै
शनिबार, साउन १९, २०८१
नेपाल प्रेस युनियन युरोप शाखाको अध्यक्षमा सञ्जयभक्त कँडेल र महासचिवमा प्रबल भट्टराई
बिहीबार, साउन १७, २०८१
बार्षिक १ दशमलब ६ अर्ब बराबरको नेपाली उत्पादन अष्ट्रेलियामा आयात गरिदै
बुधबार, साउन १६, २०८१
भर्खरै
- लोकप्रिय अभिनेत्री वर्षा सिवाकोटी सक्सेस एजुकेसनको ब्रान्ड एम्बासडर नियुक्त
- NAWS कप सकर २०२६: दर्ता खुला, अन्तिम मिति ३० अप्रिल
- NAWS कप सकर NAWS कप सकर २०२६: दर्ता खुला, अन्तिम मिति ३० अप्रिल
- सिड्नीमा नेपाली अभिभावक समाज अष्ट्रलद्वारा नयाँ वर्ष र माता तिर्थ औँसी विशेष कार्यक्रम सम्पन्न
- अर्बन नेपलिज कम्युनिटीद्वारा भोली सिड्नीमा ‘ नेपाली नयाँ वर्ष २०८३’ भव्य रूपमा मनाइने
साताको लोकप्रीय
क्यानबेरा ,डिसेम्बर ८ । गैर आवासिय नेपाली संघ अस्ट्रेलिया ए सी टी राज्य समितीले यहि डिसेम्बर ७ तारिख शनिबार को दिन क्यानबेरा स्थित एराबी पोण्ड डिस्ट्रिक पार्कमा प्यारेंस पिकनिक को आयोजना गर्यो । कार्यक्रममा अस्ट्रेलिया का लागि नवनियुक्त राजदूत महेशराज दाहाललाइ स्वागत तथा सम्मान समेत गरिएको थियो । पारिवारिक भ्रमणको सिलसिलामा क्यानबेरा र त्यसको वरिपरी बसोबास गरिरहेका आफन्त जनालाई भेट्न आएका नेपालि अभिवाबक हरुको स्वागत तथा सम्मानका लागी आयोजना गरिएको उक्त बनभोज कार्यक्रममा सत्तरी जना अभिवाकहरुको उपस्थिति रहेको थियो । बनभोज कार्यक्रममा सहभागीहरुबीच एक आपसमा परिचय गर्नुका साथसाथै बिभिन्न मनोरन्जनात्मक कार्यक्रममा सक्रिय सहभागिता जनाएका थिए ।
कार्यक्रममा राजदूत महेशराज दाहालले नेपालको आर्थिक तथा सामाजिक क्षेत्रमा एनआरएनएले प्रसंसनिय भूमिका खेल्दै आएको बताउदै नेपाल सरकारले अगाडी ल्याएको नेपाल भ्रमण बर्ष २०२० लाई सफल बनाउन सबैले आ आफ्नो ठाउबाट सक्दो पहल गर्न आग्रह गरे । एनआरएनए अस्ट्रेलियाका उपाध्यक्ष ( एसिटी संयोजक )चुडामणी सापकोटाले यहाको नेपाली समुदाय माझ आफ्नै पहिचान बनाउन सफल एनआरएनए अस्ट्रेलियाले अगाडी बढाउदै आएको सामाजिक तथा कल्याणकारी कार्यमा क्यानबेरा र क्विनबियन क्षेत्रका नेपालीहरुको योगदान गर्व गर्न लायक रहेको उल्लेख गरे । नेपाली दुताबास उपनियोग प्रमुख दुरपदा सापकोटाले नेपाली समुदायमा आइपर्ने हरेक आपद विपदमा एउटा भरपर्दो साथीको रुपमा यहाको एनआरएन लाई आफुले पाएको बताइन । एनआरएनएए एसिटीका निबर्तमान संयोजक राजन ढुंगेलले आफ्नो टीमले अगाडी सारेको कार्यक्रमलाइ सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यबाद दिदै हामीले हाम्रो समाज लाई कुन दिशामा कसरि लैजाने भन्ने कुरामा एनआरएनएको आगामी कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताए ।
एनआरएनएए एसीटीका यूवा संयोजक चन्द्र तिवारिद्वारा संचालित उक्त कार्यक्रममा सस्थाका सह संयोजक अशोक बस्नेतले स्वागत मन्तब्य व्यक्त गरेका थिए ।
सो अवसरमा २०१७-१९ कार्यकालका एनआरएनए एसिटिका पदाधिकारीहरुलाइ मॉंयाको चिनो प्रदान गरिएको गरिनुका साथै अभिभावक हरुलाई खादा ओढाएर सम्मान गरिएको थियो थियो । अभिभावक बनभोज कार्यक्रममा क्यानबेरा स्थित दुताबास कर्मचारिहरु, सामाजिक संघ संस्थाका प्रतिनिधि लगायत सो क्षेत्रमा बसोबास गर्ने नेपालीहरुको बाक्लो उपस्थिति रहेको थियो ।