नेभिगेशन
खेलकुद

गोर्खाज तेक्वान्दो डोजांगको प्रथम बार्षिक उत्सव सम्पन्न

गोर्खाज तेक्वान्दो डोजांगको प्रथम बार्षिक उत्सवको अवसरमा "प्रथम गोर्खाज इन्टर दोजांग ताइकन्दो championship २०१९ " हालै सिड्नीमा सम्पन्न भयो । प्रतियोगीतामा सत्तरी जना खेलाडीहरुको सहभागिता रहेको थियो । मेरिल्यान्ड्समा रहेको रेस्ट रियल स्टेट र ग्र्यान्भिल नेप्लिज कम्युनिटी का अध्यक्ष रमेश थापाले प्रतियोगिताको प्रायोजन गरेका थिए । खेलाडीहरुको उमेर ,तौल र स्तर अनुसार प्रतिस्पर्धा गराइएको थियो । यस्ता प्रतिस्पर्धाले खेलाडीको आत्मबल ,आत्म सुरक्षा ,व्यायाम तथा अनुशासन सिकाउने गोर्खाज तेकान्दो दोजांगका प्रसिक्षक जीवन जोशीले बताए । बिजेता सम्पूर्ण खेलाडीहरुलाई ग्र्यान्भिल नेप्लिज क्लबका अध्यक्ष रमेश थापाले पदक तथा सम्मान पत्र प्रदान गरे । प्रतिस्पर्धामा पुरुषतर्फ जोसेफ पाज छेत्री र महिलातर्फ प्राची मिश्र सर्बोक्रिस्ठ खेलाडी घोसित भए । जीवन जोशी,ग्यान पुन ,उज्जल गुरागाई ,प्रकाश छेत्री ,प्रविन थापा बिश्वराज श्रेष्ठ र बिमेश भट्टराईले निर्णायकको भूमिका खेलेका थिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज

सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज

अस्ट्रेलियाको पर्यटकीय नगरी सीड्नीमा नेपाली समाज बढदैगर्दा यहाँको सबैखाले व्यबशायमा नेपालीहरुको सहभागिता महत्वपुर्ण बन्दै गएको छ ।