थप LEADING_MAIN
एनआरएनए स्टेरिङ कमिटीको पहिलो बैठक सम्पन्न
सोमबार, मंसिर २२, २०८२
सुशीला कार्की अन्तरिम प्रधानमन्त्री नियुक्त, ६ महिनाभित्र निर्वाचन गर्ने तयारी
शनिबार, भदौ २८, २०८२
एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार
एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ । बिहीबार, जेठ १५, २०८२
आज चैते दशैँ मनाईदै
शनिबार, चैत २३, २०८१
भर्खरै
- एडिलेडमा नेपाली खेलकुदको महाकुम्भ, ७औँ ओशिनिया स्पोर्ट्स मिटको तयारी अघि बढ्यो
- नवाज कप २०२६ को ग्रान्ड फाइनल जुलाई १९ तारिक आइतबार हुने
- नेपाली कला, संस्कृति तथा साहित्य प्रतिष्ठानले सिड्नीमा २१३औँ भानु जयन्ती मनायो
- सिड्नीमा नेपाली चलचित्र ‘बिगुल’को शनिबार विशेष प्रिमियर हुने
- एनएएको ‘चिल्ड्रेन्स ट्यालेन्ट नाइट २०२६’ सम्पन्न, बालप्रतिभाले मञ्चमा देखाए कला र आत्मविश्वास
साताको लोकप्रीय
झापाली समाज अस्ट्रेलियाको साघारणसभाले उमेश पोखरेलको अध्यक्षतामा नया कार्यसमिती गठन गरेको छ । नव गठित कार्यसमितीको उपाध्यक्षमा अशोक ओली, महासचिबमा अशोक उप्रेती,सचिबमा मदन धोराली र कोषध्यक्षमा नविन थपलिया निर्विरोध निर्वाचित भएका छन । यस्तै कार्यसमितीका सदस्यहरुमा अमीत श्रेष्ठ,मोनिका भण्डारी,प्रज्ञान श्रेष्ठ,राज कुमार गोश्वामी, सागर पराजुली र सोनु पुडासैनी निर्विरोध चयन भएको कुरा निर्वाचन समितीका सदस्य अजय राजवंशीले पढेर सुनाए । शनिबार एक भब्य समारोह बिच झपाली समाज अस्ट्रेलियाका पलाधिकारीहरुको पदस्थापना कार्यक्रम सम्पन्न भएको छ । नव निर्वाचित पदाधिकारीहरुलाई नव नियुक्त राजदुत महेशराज दाहालले एक कार्यक्रमबिच खादा लगाएर सम्मान गरेका थिए । प्रमुख अतिथीको हैसियतमा बोल्दै राजदुत दाहालले झपाली समाजले अस्ट्रेलियामा बसेर पनि मुलुकको बिकास निमार्णमा महत्वपुर्ण योगदान गरेकोमा खुसी ब्यक्त गरे । राजदुत दाहालले प्रवासमा बसेरपनि देशको माया र अझ जन्मेको ठाउँ र हुर्केको गाउँंको माया मोहमा समाहित हुनु महत्वपुर्ण पाटो रहेको उल्ल्ेख गरे ।
कार्यक्रममा एनएसडब्लुका महाबाणिज्यदुत दिपक खड्काले अस्ट्रेलीयामा रहेर झापाली समाजले आफ्नो बिशेष पहिचान कायम गरेको र समुदायको हितमा कार्य गरेकोमा पं्रशंसा गरे । यस्तै कार्यक्रममा निर्वतमान अध्यक्ष दिपक चुडालले पछिल्ला दुइ बर्षमा गरिएका सामािजक कार्यका बारेमा बिवरण सहित पेश गरेका थिए । कार्यक्रममा अन्तराष्ट्रिय झपाली समाजका संरक्षक दिनेश पोखरेलले झापाली समाजले अस्ट्रेलियामा स्थापनाकालदेखिनै सामाजिक सेवामा अग्रणी भुमिका निर्वाह गरेको बताए । कार्यक्रममा झापाली समाजका पुर्व अध्यक्ष दिपक खनाल, एनआरएनका उपाध्यक्ष देब गुरुङ लगायतले सफलताको शुभकामना दिएका थिए ।
नव निर्वाचित अध्यक्ष उमेश पोखरेलले अस्ट्रेलियामा छरिएर रहेका झापालीहरुलाई एकताको सुत्रमा बाधेर सहकार्य गर्नुका साथै झापाको बिकास निर्माणमा लागि पर्ने बचनबद्धता प्रकट गरे । समाजका महासचिब अशोक उप्रेतीले सन्चालन गरेको कार्यक्रममा नव नियुक्त राजदुत महेसराज दाहाललाई समेत सम्मान गरिएको थियो । कार्यक्रममा एनआरएनका पुर्व ओसेनिया योजक धर्म अधिकारी ,एनएडिएफका अध्यक्ष विवेक थापा,एनआरएन अस्ट्रेलियाका कोषाध्यक्ष अनिल पोखरेल, आइसीसी सदस्य अरुण ठाकुर, नयाका अध्यक्ष प्रकाश अर्याल ,युवा अभियन्ता कोमल पाठक , डिला खरेल ,प्रकाश खरेल, लगायतको उपस्थीती रहेको थियो ।