नेभिगेशन
LEADING_MAIN

अस्ट्रेलियाका ग्यारी नेपाली फुटबलका निर्देशक

अस्ट्रेलियाका फुटबलर  ग्यारी माइकल फिलिपले अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक निर्देशकको जिम्मेवारी सम्हालेका छन्। फिलिपलाई बाहिबार एन्फाले औपचारिक रुपमा कार्यालयमा स्वागत गरेको छ। उनी एक वर्षका लागि निर्देशकमा नियुक्त भएका छन्। उनको पारिश्रमिक एसियाली फुटबल महासंघले व्यहोर्नेछ।उनले अब नेपाली राष्ट्रिय फुटबल टिम, प्रशिक्षक, प्रशिक्षण कार्यक्रम र एन्फाको अन्य प्राविधिक पक्ष हेर्नेछन्। सन् १९६३ जन्मिएका उनी अस्ट्रेलियाका पूर्व फुटबलर हुन्। उनले अस्ट्रेलियामा कम्युनिटी फुटबल एकेडेमी स्थापना गरेका थिए।उनको एकेडेमी लन्डनको किनिटिक फुटबल एकेडेमी, लिभरपुल र म्यानचेस्टर सिटीसँग पनि जोडिएको थियो।सन् १९९७ मा फुटबलबाट संन्यास लिएपछि उनी सिड्नी ओलम्पिकका लागि प्रशिक्षक नियुक्त भएका थिए। मलेसियाको सुपर लिगको टिमको समेत प्रशिक्षक रहेका उनले सन् २०१५ मा पपुवा न्युगिनीको महिला राष्ट्रिय टिमको प्रशिक्षकको जिम्मा पाएका थिए।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप LEADING_MAIN
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै