थप LEADING_MAIN
सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज
अस्ट्रेलियाको पर्यटकीय नगरी सीड्नीमा नेपाली समाज बढदैगर्दा यहाँको सबैखाले व्यबशायमा नेपालीहरुको सहभागिता महत्वपुर्ण बन्दै गएको छ । आइतबार, साउन २०, २०८१
आज मेलबर्नमा तीज कार्यक्रम हुदै
शनिबार, साउन १९, २०८१
नेपाल प्रेस युनियन युरोप शाखाको अध्यक्षमा सञ्जयभक्त कँडेल र महासचिवमा प्रबल भट्टराई
बिहीबार, साउन १७, २०८१
बार्षिक १ दशमलब ६ अर्ब बराबरको नेपाली उत्पादन अष्ट्रेलियामा आयात गरिदै
बुधबार, साउन १६, २०८१
भर्खरै
- सिड्नीको बन्डाई बिचमा भएको आतङ्ककारी आक्रमणप्रति एनआरएनए अष्ट्रेलियाको कडा निन्दा
- शब्दमाला नेपाली भाषा विद्यालयको नयाँ समिति चयन अध्यक्षमा दीपक लामिछाने
- हाम्रो ज्ञान ,संस्कृति र पहिचानमा पुस्तान्तरणको भुमिका
- डब्बो नेपाली समुदाय अष्ट्रेलियाले आफ्नो १० औं साधारण सभा मनायो
- एनआरएनए स्टेरिङ कमिटीको पहिलो बैठक सम्पन्न
हिन्दु धर्मका् महान चाडको दशै तिहारको शुभारम्भको अवसरमा हिन्दु सोसाइटीका पण्डीत प्रकाश ढोडारीले दुर्गा पुजा गर्दै कार्यक्रमको आरम्भ गरेका थिए । कार्यक्रममा ग्रानभिल नेपाली समाजका अध्यक्ष रमेश थापाले अस्ट्रेलियामा नेपालीहरुको बाक्लो बस्ती रहेको यस क्षेत्रमा रहेका नेपालीबिचको भातृत्व र नेपाली कला संस्कृतीको जर्गेनाका लागि हरेक बर्ष दर्श तिहार साँंझको आयोजना गर्दै आएको बताए । थापाले यहा रहेका नेपाली बिच हिन्दुत्वको सम्वन्ध प्रगाढ बनाउने र नया पुस्तालाई नेपाली भाषा,संस्कृतीको पहिचान गराउने अभियानमा संस्था लागि परेको सुनाए । कार्यक्रममा प्रमुख अतिथी एनआरएन ओसेनियाका संयोजक धर्मराज अधिकारीले ग्रानभिल अस्ट्रेलियाकै नेपालीहरुको सर्वाधिक बस्ती रहेका क्षेत्र भएकोले यसभेगमा समाजले आपसी सदभाव र हिन्दुत्वको सवालमा महत्वपुर्ण भुमिका खेल्दै आएको बताए । धेरै पहिला देखिनै ग्रानभिलमा नेपाली कला संस्कृतीका कार्यक्रमहरु भैरहन्थे तर पछिल्ला केहि बर्षमा यसले थप गति लिएको छ र नेपाली कला संस्कृती मार्फत सबैलाई समेटने कार्य गरेको छ,जुन प्रशंसनिय छ ,अधिकारीले भने । अधिकारीले निकट भबिष्यमा नेपालमा अयाोजना हुन गैरहेको एनआरएनएको महाधिबेशनको सफलताको कामना गर्दै अस्ट्रेलियाले महत्वपुर्ण भुमिका निर्वाह गर्नु पर्ने हुनाले सबै एकै साथ र सबै हात मिलाएर अगाडि बढनु पर्ने सुनाए । एनआरएन अस्ट्रेलियाकी सचिब उषा बारिया पोखरेल र एनआरएनका युवा अभियन्ता पारस खड्काले सन्चालन गरेको कार्यक्रममा एक दर्जन नेपाली लोकनृत्यका साथै विविध पहिचान दिलाउने नृत्यहरु प्रस्तुत गरिएको थियो ।
एनआरएनका पुर्व अध्यक्ष गोवा कटुवाल, एनआरएन अस्ट्रेलियाका उपाध्यक्ष देब गुरुङ, पुर्व उपाध्यक्ष नन्द गुरुङ, नेपाली कला साहित्य प्रतिष्ठानकी अध्यक्ष सुजाता बस्नेत, एनआरएन अभियन्ता तथा पुर्व आइसीसी प्रवक्ता रन्जु थापा,प्रायोजक रेष्ट ग्रुपका सरोज प्रकाश पण्डीत,आइसीसी सदस्य अरुण ठाकुर, छबी सापकोटा लगायतले कार्यक्रमको महत्वसँंगै नेपालीहरुको महान चाड दशैं तिहारको उपलक्ष्यमा सबैलाई शुभकामना प्रदान गरेका थिए ।
एनआरएन एनएसडब्लुका सचिब दिपक पहारीले औपचारिक औपचारिक कार्यक्रम सन्चालन गरेको दशै तिहारसाँंझमा करिब चार सय भन्दा बढिको उपस्थीती रहेको थियो । कार्यक्रममा एनआरएन अस्ट्रेलियाका पुर्व अध्यक्ष ध्रुब सुबेदी, आइसीसीका पुर्व युवा संयोजक विजय पोखरेललगायतको उपस्थीती रहेको थियो । कार्यक्रमका प्रायोजक तथा सहयोगीहरुलाई अध्यक्ष रमेश थापा, एनआरएनका पुर्व अध्यक्ष गोवा कटुवाल लगायतले कदरपत्र प्रदान गरेका थिए ।