नेभिगेशन
LEADING_MAIN

सिड्नीमा भानु जयन्ति मनाईयो

सिड्नी । २०६ औ भानु जयन्तीको अवसरमा नेपाली कला संस्कृति तथा साहित्य प्रतिष्ठानले जुन १५ तारिख शनिबार सिड्नीको ग्रान्भिल स्थित टाउन हलमा एक कार्यक्रम गर्यो । नेपाली कला संस्कृति तथा साहित्यलाई जिबन्त राख्ने पबित्र उद्देश्यले आफ्नो स्थापना कालदेखि नै विभिन्न कार्यक्रम गर्दै आएको यो प्रतिष्ठानले अस्ट्रेलियामा रहेका नेपाली युवा पुस्तालाई नेपाली भाषा र साहित्यसँग परिचित गराउन उल्लेख्य भूमिका खेल्दै आएको छ । कार्यक्रममा श्रष्टाहरुले भानुको संझना गर्दै कबिता बाचन गरेका थिए । कार्यक्रममा आयोजक सस्थाकी सचिब संगिता बस्नेत लगायत नेपाली भाषा मार्फत कला साहित्यमा योगदान पुरयाउने ब्यक्तीत्वहरुलाई सम्मान गरिएको थियो । प्रतिष्ठान कि अध्यक्ष सुजाता बस्नेतको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा अस्ट्रेलियाकी फेडरल एमपी जुलिया ओवन,संसद जुलिया फीन न्यू साउथवेल्सका लागि नेपाली महाबाणिज्यदुत दिपक खड्का लगाएतका बक्ताहरुले नेपाली कला, साहित्यको उत्थानमा यस्ता कार्यक्रममाले महत्वपूर्ण योगदान पुर्याउने बताए । कार्यक्रममा एनआरएनएएका पुर्व अध्यक्ष गोवा कटुवाल,पुर्व उपाध्यक्ष दिनेश पोखरेल, कानुन ब्यबशायी शम्सेर सिंह थापा, एनआरएनका प्रवक्ता डिला खरेल लगायत विभिन्न संघ सस्थाका प्रतिनिधि एबम आफन्तजन भेट्न अस्ट्रेलिया आएका अभिभावक र साना साना बाबु नानीहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा भिमसेन गुरुङ र भिमसेन सापकोटा तथा बाल प्रतिभा सारा पाण्डे र अग्रीम घिमिरेलाई भानु अर्वाडवाट सम्मानित गरिएको थियो । सो अवसरमा गायक रमन रेग्मीले आफ्नो गीत प्रस्तुत गरेका थिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप LEADING_MAIN
सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज

सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज

अस्ट्रेलियाको पर्यटकीय नगरी सीड्नीमा नेपाली समाज बढदैगर्दा यहाँको सबैखाले व्यबशायमा नेपालीहरुको सहभागिता महत्वपुर्ण बन्दै गएको छ ।