सिड्नी । नेपाली समुदायको सामाजिक कल्याण र सामुदायिक एकताका लागि सन् १९९९ मा स्थापना भएको Nepalese Australian Welfare Society (NAWS) को २७औँ वार्षिक साधारणसभा (AGM) ले भुवन पाण्डेलाई अध्यक्षमा निर्वाचित गरेको छ। शुक्रबार, १८ सेप्टेम्बर Auburnस्थित Grand Palace Function Centre मा सम्पन्न AGM ले नयाँ कार्यसमिति चयन गर्नुका साथै संस्थाको २७औँ वार्षिकोत्सव समेत मनाएको हो।
नवनिर्वाचित अध्यक्ष पाण्डेले NAWS को २७ वर्षे विरासतलाई निरन्तरता दिँदै संस्थालाई अझ समावेशी, पारदर्शी र समुदायकेन्द्रित बनाउने प्रतिबद्धता व्यक्त गरे। उनले नयाँ पुस्तालाई संस्थासँग जोड्दै सामाजिक सेवा, युवा सहभागिता, खेलकुद, सांस्कृतिक संरक्षण र समुदायका आवश्यकतामा आधारित कार्यक्रमलाई प्राथमिकता दिने बताए।
“२७ वर्षको अनुभवलाई आधार बनाउँदै नयाँ पुस्ताको ऊर्जा र पुरानो पुस्ताको मार्गदर्शनलाई एकसाथ अघि बढाउनेछौँ,” पाण्डेले भने।
संस्थाका निबर्तमान अध्यक्ष तथा संरक्षक चिरञ्जीवी तिवारीले NAWS को २७ वर्षे यात्रालाई नेपाली समुदायको साझा उपलब्धिका रूपमा उल्लेख गर्दै संस्थाको मूल उद्देश्यलाई निरन्तरता दिनुपर्ने बताए। उनले अनुभवी पुस्ताको मार्गदर्शन र नयाँ पुस्ताको सक्रिय सहभागिताबाट संस्थालाई थप मजबुत बनाउनुपर्नेमा जोड दिए। “NAWS नेपाली समुदायलाई जोड्ने साझा घर हो,” तिवारीले भने। उनले संस्थाको स्थापना र विकासमा योगदान पुर्याउने संस्थापक, पूर्वपदाधिकारी, सदस्य तथा शुभेच्छुकप्रति आभार व्यक्त गरे।
वार्षिकोत्सव तथा AGM मा लेबर पार्टीकी संघीय सांसद Ash Ambihaipahar, Julia Finn MP तथा Granville Councillor Steve Christou लगायतका अतिथिको सहभागिता थियो। उनीहरूले नेपाली समुदायको अस्ट्रेलियाली समाजमा रहेको योगदानको प्रशंसा गर्दै NAWS को नयाँ नेतृत्वलाई शुभकामना दिएका थिए। कार्यक्रममा Auburn Police Area Command का प्रतिनिधिको पनि उपस्थिति थियो।
कार्यक्रममा NSW का पूर्व कन्सुलर तथा NAWS का पूर्व अध्यक्ष सञ्जीव शर्मा NAWS का पूर्व अध्यक्ष विनोद शर्मा, अरुण तामाङ, संस्थापक उपाध्यक्ष बद्री अर्याल लगायतको सहभागिता थियो। त्यस्तै NRNA अष्ट्रेलियाका पूर्व अध्यक्ष नन्द गुरुङ समाजसेबी तथा ब्यबसायी रन्जु वाग्ले थापा NSW State Coordinator उषा किरण बरिया पोखरेल, NRNA NSW SCC सचिव प्रताप पन्थी, लगायत नेपाली समुदायका विभिन्न संघसंस्थाका प्रतिनिधि तथा सामाजिक अभियन्ताहरू उपस्थित थिए।
त्यस्तै NRNA अष्ट्रेलियाका पूर्व अध्यक्ष नन्द गुरुङ समाजसेबी तथा ब्यबसायी रन्जु वाग्ले थापा NAWS का पूर्व अध्यक्ष अरुण तामाङ, NSW State Coordinator उषा किरण बरिया पोखरेल लगायतले NAWS को २७औँ वार्षिकोत्सवमा शुभकामना दिँदै , सामाजिक सेवा तथा विपद् सहयोगमा NAWS ले पुर्याउँदै आएको योगदानको प्रशंसा गरेका थिए ।
Australian Nepalese Journalists Association (ANJA) का अध्यक्ष कृष्ण तिवारीले NAWS को २७ वर्षे यात्राको प्रशंसा गर्दै नेपाली संघसंस्था र सञ्चार क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताए। उनले नेपाली समुदायका गतिविधि, उपलब्धि र आवाजलाई सञ्चारमाध्यममार्फत समुदायमा सुसुचित गराउनु पर्नेमा जोड दिए। ANJA का सस्थापक पूर्व अध्यक्ष हेमन्त काफ्लेले नयाँ कार्यसमितिलाई शुभकामना दिँदै संस्थागत पारदर्शिता, सहकार्य र सामुदायिक एकतामा जोड दिए। कार्यक्रममा ANJA का सल्लाहकार डा. राजु मानन्धर लगायत विभिन्न व्यक्तित्वको उपस्थिति थियो।
कार्यक्रममा नेपाली समुदायका बालबालिकाको प्रतिभालाई प्रोत्साहन गर्न Kids Talent Awards समेत वितरण गरिएको थियो। विभिन्न क्षेत्रमा प्रतिभा प्रस्तुत गरेका बालबालिकालाई पुरस्कार तथा सम्मान प्रदान गरिएको थियो। बालबालिकाहरुले आफ्नो प्रतिभाको प्रस्तुति दिएका थिए । 
नयाँ कार्यसमितिका पदाधिकारीहरुको नामावली
AGM बाट चयन भएको नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्ष तथा खेलकुद संयोजकमा बैकुण्ठ डंगोल, उपाध्यक्षद्वय शर्मिला लुइँटेल र सुशील शर्मा, महासचिव उत्सव अर्याल, सहसचिव विकास तामाङ, कोषाध्यक्ष विशाल पन्थी, मिडिया संयोजक कृष्ण तिवारी, कार्यक्रम संयोजक लक्ष्मण बेलबासे, विभागीय कार्यक्रम संयोजक सन्तोष शर्मा र आईटी संयोजक नवीन सिंह रहेका छन्।
कार्यसमिति सदस्यहरुमा सञ्जय श्रेष्ठ, सदिना श्रेष्ठ, सुभाष हमाल, पुष्कल क्षेत्री, सूर्यतम दाहाल, उत्सव पन्त, अभिनव पाण्डे, अम्बिका खनाल तिवारी, पविता सुवेदी र संयोग गौतम चयन भएका छन्।
सल्लाहकारहरुमा सञ्जीव शर्मा, विनोद शर्मा, अरुण तामाङ, हेमन्त काफ्ले, बद्री अर्याल, डा. राजु मानन्धर , उमेश पन्त, विष्णु हमाल, ANFA अध्यक्ष विजय राउत, नन्दु गुरुङ, रञ्जु थापा, कल्याण खड्का, मनजीत घिमिरे र टी.एन. अर्याल रहेका छन्।
NAWS ले २७ वर्षको यात्रामा नेपाली समुदायका सामाजिक तथा सामुदायिक गतिविधिमा निरन्तर सहभागिता जनाउँदै आएको छ। नयाँ नेतृत्वले आगामी कार्यकालमा सामाजिक सेवा, युवा तथा खेलकुद, सांस्कृतिक संरक्षण, विपद् सहयोग र सामुदायिक सहकार्यलाई प्राथमिकतामा राख्ने जनाएको छ।
वार्षिकोत्सवकै अवसरमा NAWS ले नेपालमा बाढीबाट प्रभावितका लागि राहत कोष संकलन गरेको जनाएको छ। संकलित रकम नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने संस्थाले जनाएको छ। विपद्को समयमा नेपाली समुदायले देखाएको सहयोग र एकताप्रति NAWS ले आभार व्यक्त गरेको छ।