नेभिगेशन
साउथ अष्ट्रेलिया

एडिलेड नेपाली समाजको नयाँ नेतृत्व चयन,अध्यक्षमा बालगोपाल उपाध्याय

एडिलेड ।  एडिलेड नेपाली समाजको सातौँ द्विवार्षिक साधारण सभाले सन् २०२६–२०२८ कार्यकालका लागि बालगोपाल उपाध्यायको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ।IMG_6755-1787464526.jpeg

सभाले उपाध्यक्षमा लक्ष्मी सापकोटा र हिमाल कडेल (पदेन, प्राचार्य एडिलेड नेपाली विद्यालय) सचिवमा प्रदिप निरौला, उपसचिवमा विकास पौडेल, कोषाध्यक्षमा पुष्पा बन्जाडे तथा जनसम्पर्क अधिकृतमा सुरेन्द्र रेग्मीलाई चयन गरेको हो। सदस्यमा निवर्तमान अध्यक्ष श्याम दाहाल, विकास पौडेल ‘उदास’, रामकृष्ण शर्मा, बन्धु विक्रम कार्की, खगेन्द्र सत्याल, दिपा दाहाल र बाल सापकोटा चयन भएका छन्।

दक्षिण अष्ट्रेलियामा नेपाली भाषा, संस्कृति, शिक्षा तथा सामाजिक क्षेत्रमा सक्रिय समाजले नयाँ पुस्तालाई समुदायसँग जोड्दै सामाजिक एकतालाई थप बलियो बनाउने अपेक्षासहित नयाँ नेतृत्व पाएको हो।IMG_6756-1787464548.jpeg

सभाको खुला सत्रमा प्रमुख अतिथि तथा दक्षिण अष्ट्रेलिया सरकारको बहुसांस्कृतिक आयोगकी सदस्य मञ्जु खड्काले नेपाली समुदायलाई संगठित गर्न एडिलेड नेपाली समाजले पुर्‍याउँदै आएको योगदानको प्रशंसा गरिन्। उनले भाषा, संस्कृति, शिक्षा र सामाजिक क्षेत्रमा समाजले खेलेको भूमिकाको चर्चा गर्दै आगामी दिनमा अझ प्रभावकारी काम गर्न नयाँ नेतृत्वलाई शुभकामना दिइन्।

कार्यक्रममा एनआरएनए साउथ अष्ट्रेलियाका संयोजक थीर गुरुङ तथा एडिलेड नेप्लिज क्रिकेट एसोसिएसन एवं ओशियाना मिट २०२७ का अध्यक्ष विजय जोशीले समाजले नेपाली समुदायको विकास र सामाजिक एकतामा पुर्‍याएको योगदानको चर्चा गर्दै नवनिर्वाचित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिए।

निवर्तमान अध्यक्ष श्याम दाहालको अध्यक्षता र सचिव सागर श्रेष्ठको सञ्चालनमा भएको कार्यक्रममा नवनिर्वाचित अध्यक्ष उपाध्यायले स्वागत मन्तव्य राखेका थिए।

फ्रेस चुल्हो नेपाली रेस्टुरेन्टको सभाहलमा भएको साधारण सभामा अध्यक्ष दाहालले प्रस्तुत गरेको अध्यक्षको प्रतिवेदन, कोषाध्यक्ष आनन्द बखरेलले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन तथा एडिलेड नेपाली विद्यालयका प्राचार्य कडेलले प्रस्तुत गरेको विद्यालयको प्रतिवेदन सर्वसम्मत रूपमा पारित भएको थियो।

साधारण सभाकै अवसरमा एडिलेड नेपाली समाजको नयाँ वेबसाइट सार्वजनिक गरिएको छ। वेबसाइट निर्माण समितिका संयोजक सूर्य आचार्यले समाजका गतिविधि, सूचना र कार्यक्रमलाई व्यवस्थित रूपमा समुदायसम्म पुर्‍याउन वेबसाइटले सहयोग गर्ने बताए।

नयाँ कार्यसमिति चयनका लागि दक्षिण अष्ट्रेलिया सरकारको बहुसांस्कृतिक आयोगकी सदस्य मञ्जु खड्का, एनआरएनए ओशियाना संयोजक रमेश जोशी, फेन्काका उपाध्यक्ष कपिल पाण्डे, एनआरएनए ओशियानाका पूर्व सहसंयोजक नवीन कँडेल तथा एडिलेड नेपाली समाजकी पूर्व अध्यक्ष एवं हेल्प नेपाल अष्ट्रेलियाकी अध्यक्ष सन्तोषी गौतम सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो।

निर्वाचन समितिको प्रक्रियाबाट नयाँ कार्यसमिति सर्वसम्मत चयन भएपछि समिति सदस्य कपिल पाण्डेले नवनिर्वाचित पदाधिकारी तथा सदस्यलाई पद तथा गोपनीयताको शपथ गराएका थिए।IMG_6757-1787464578.jpeg

नयाँ नेतृत्वले नेपाली भाषा, संस्कृति र शिक्षाको संरक्षणसँगै युवा तथा नयाँ पुस्ताको सहभागिता बढाउने र समुदायका सामाजिक गतिविधिलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप साउथ अष्ट्रेलिया
शिल्पाको महिला संयोजकमा बलियो दाबेदारी 

शिल्पाको महिला संयोजकमा बलियो दाबेदारी 

पर्थ, अस्ट्रेलिया – गैर-आवासीय नेपाली संघ (NRNA) पश्चिम अस्ट्रेलियाको आगामी कार्यकाल (२०२५–२०२७) कोनिर्वाचनका लागि शिल्पा पोख्रेलले ‘महिला संयोजक’ पदमा आफ्नो बलियो उम्मेदवारी प्रस्तुत गरेकी छिन ।