नेभिगेशन
न्यू साउथ वेल्स

अर्बन नेपाली समुदायको ‘अर्बन तीज धमाका–भोल्युम ०५’  आगामी ११ सेप्टेम्बर २०२६, मा हुने

सिड्नी (अष्ट्रेलिया), अष्ट्रेलियाको अर्बन क्षेत्रमा बसोबास गर्दै आएका नेपाली समुदायलाई लक्षित गर्दै Auburn Nepalese Community (ANC) ले यस वर्ष पनि भव्य रूपमा ‘अर्बन तीज धमाका–भोल्युम ०५’ आयोजना गर्ने भएको छ। आगामी ११ सेप्टेम्बर २०२६, शुक्रबार दिउँसो ४ बजेदेखि द ग्रान्ड प्यालेस फङ्सन सेन्टर, अर्बनमा हुने कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ।

नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीजको अवसरमा आयोजना हुन लागेको कार्यक्रममा चर्चित कलाकार अर्जुन सापकोटा, लोकप्रिय गायिका अञ्जली अधिकारी तथा गायिका एलेना चौहानको विशेष सांगीतिक प्रस्तुति रहनेछ। सांगीतिक मनोरञ्जनसँगै नेपाली मौलिक संस्कृति, परम्परा र सामुदायिक एकतालाई प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकको भनाइ छ।

कार्यक्रममा सहभागीका लागि तीन कोर्स भोजन तथा सफ्ट ड्रिङ्क्स सहितको टिकट मूल्य ५९ अष्ट्रेलियन डलर निर्धारण गरिएको छ। आयोजकका अनुसार टिकट अनलाइनमार्फत उपलब्ध छन् र सहभागिताका लागि व्यापक उत्साह देखिएको छ।

कार्यक्रममा विभिन्न व्यवसायिक संस्था तथा सामुदायिक सङ्गठनहरूको सहकार्य रहेको छ। MarkQ Homes मुख्य प्रायोजक रहेको कार्यक्रममा Sathi Ko Butchery सह–आयोजकका रूपमा आबद्ध छ भने अन्य स्थानीय व्यवसायहरूको पनि उल्लेखनीय सहयोग रहेको आयोजकले जनाएको छ।

Auburn Nepalese Community का अध्यक्ष अरुण श्रेष्ठले तीज नेपाली महिलाको मात्र नभई सम्पूर्ण नेपाली समुदायको सांस्कृतिक पहिचानसँग जोडिएको पर्व भएको बताए। उनका अनुसार यस्ता कार्यक्रम विदेशमा जन्मिएका र हुर्किरहेका नयाँ पुस्तालाई नेपाली भाषा, संस्कृति र परम्परासँग जोड्ने प्रभावकारी माध्यम हुने बताए                                                                           ।
अध्यक्ष श्रेष्ठले भने, “अर्बन तीज धमाका केवल सांगीतिक कार्यक्रम मात्र होइन, यसले विदेशमा रहेका नेपालीहरूबीच आपसी सद्भाव, एकता र सांस्कृतिक सम्बन्धलाई अझ बलियो बनाउने अवसर प्रदान गर्छ। सम्पूर्ण नेपाली दिदीबहिनी तथा समुदायका सदस्यहरूलाई परिवारसहित उपस्थित भई कार्यक्रम सफल बनाउन श्रेष्ठले अनुरोध गरेका छन्  ।  

आयोजकले कार्यक्रमलाई व्यवस्थित, पारिवारिक तथा सांस्कृतिक रूपमा स्मरणीय बनाउने तयारी गरिएको जनाउँदै समयमै टिकट सुरक्षित गर्न पनि सबैलाई आग्रह गरेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्