नेभिगेशन
न्यू साउथ वेल्स

नेपलिज  ब्लड डोनर्स एसोसिएसन अष्ट्रेलियाको अध्यक्षमा मुक्तिराम पोखरेल

सिड्नी ।  नेपलिज ब्लड डोनर्स एसोसिएसन अष्ट्रेलिया (NBDA) को दोस्रो वार्षिक साधारण सभा शनिबार सिड्नीको मेरिल्याण्ड्सस्थित NRNA कार्यालयमा सम्पन्न भएको छ। सभाबाट आगामी दुई वर्ष (२०२६–२०२८) का लागि मुक्तिराम पोखरेलको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ।att.sZfqdg5Jjsy7AxYNhHoCapRUWx6aUcCI65zsc3KdHOY-1769975228.jpeg

नवगठित कार्यसमितिमा उपाध्यक्षमा चन्द्र ढकाल, सचिवमा प्रशन्न दाहाल र कोषाध्यक्षमा सबिना बस्याल चयन भएका छन्। कार्यकारी सदस्यहरूमा अनिश मिश्र, नवीन गौतम, प्रह्लाद चापागाईं, रस्ना पालाञ्चोके, सुर्योतम दाहाल, रमेश सापकोटा, शंकर प्रसाद शर्मा, जमुना रोका र सरोज पाण्डे रहेका छन्। अन्य राज्यका लागि समिति पछि गठन गर्ने निर्णय गरिएको छ।

संस्थाका संरक्षक (Patrons) मा बिनोद मैनाली, भूपाल सिटौला र निवर्तमान अध्यक्ष रञ्जिता भण्डारी नियुक्त भएका छन्। यस्तै सल्लाहकारमा सूर्य गौतम, दिनेश पोखरेल, डा. मधु पुडासैनी, डा. राजु मानन्धर, उषा किरण वरिया पोखरेल र भुवन पाण्डे चयन भएका छन्।

कार्यक्रम एसोसिएसनकी अध्यक्ष रञ्जिता भण्डारीको अध्यक्षतामा तथा न्यू साउथ वेल्सका अवैतनिक महावाणिज्यदूत संजीव कुमार शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। प्रमुख अतिथि शर्माले रक्तदानलाई जीवनदानसँग जोडिएको महान् मानवीय सेवा भएको उल्लेख गर्दै NBDA ले सामाजिक तथा मानवीय क्षेत्रमा पुर्‍याउँदै आएको योगदानको प्रशंसा गरे।

सभामा हालसम्म नियमित रूपमा रक्तदान गर्दै आएका भेषबहादुर थापा, अमेध थापा, विशाल भण्डारी, कमल चापागाईं, सबिना बस्याल, प्रकाश पन्थी, उमनाथ सुवेदी, मुक्तिराम पोखरेल, सरोज पाण्डे लगायतलाई प्रशंसापत्र प्रदान गरी सम्मान गरिएको थियो।att.TUFEKTAQdYFl0gNCfSxCxAqX9MdGFU7ZGdhqo4x7rSY-1769975259.jpeg

संस्थाका संरक्षक तथा अग्रणी रक्तदान अभियन्ता बिनोद मैनालीले रक्तदानले आत्मसन्तुष्टि, सामाजिक सम्मान र जीवनरक्षा जस्ता बहुआयामिक महत्व बोकेको उल्लेख गर्दै स्वस्थ व्यक्तिको नियमित रक्तदानले स्वास्थ्यमा नकारात्मक असर नपार्ने बताए।

निवर्तमान अध्यक्ष रञ्जिता भण्डारीले आफ्नो कार्यकालमा प्राप्त सहयोगप्रति आभार व्यक्त गर्दै संस्थाले हासिल गरेका उपलब्धि र प्रगतिबारे प्रतिवेदन प्रस्तुत गरिन्।

नव–निर्वाचित अध्यक्ष पोखरेलले सदस्यहरूले व्यक्त गरेको विश्वासप्रति धन्यवाद दिँदै आगामी दिनमा विभिन्न सामुदायिक संस्थालाई NBDA सँग जोडेर रक्तदान अभियानलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा विभिन्न सामुदायिक संघसंस्थाका प्रतिनिधि, सामुदायिक अगुवा, रक्तदाता तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्