नेभिगेशन
न्यू साउथ वेल्स

पारामाटामा भव्य रूपमा सम्पन्न तामाङ्  सोनाम ल्होछार–२८६२ सांस्कृतिक कार्यक्रम

सिड्नी । तामाङ समुदायको महान् पर्व सोनाम ल्होछार–२८६२ (घोडा वर्ष) को अवसरमा तामाङ सोसाइटी अफ न्यू साउथ वेल्स (NSW) को आयोजनामा शनिबार सिड्नीको पारामाटा स्थित रिभरसाइड थिएटरमा भव्य सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ।IMG_4229-1769377069.jpeg

दर्शकको उल्लेखनीय सहभागिता रहेको कार्यक्रममा हल पूर्ण रूपमा भरिभराउ देखिएको थियो। नेपाली तथा तामाङ समुदायका अगुवा, बुद्धिजीवी, कलाकार, युवा तथा सर्वसाधारणको व्यापक उपस्थितिले कार्यक्रमलाई विशेष बनाएको थियो।

कार्यक्रमका प्रमुख अतिथि जिहाद दिपले आफ्नो मन्तव्यमा तामाङ समुदायले प्रवासमा आफ्नो भाषा, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धनमा खेलेको भूमिकाको प्रशंसा गरे। उनले बहुसांस्कृतिक अष्ट्रेलियामा यस्ता सांस्कृतिक कार्यक्रमहरूले नेपाली समुदायको पहिचानलाई अझ मजबुत बनाउने उल्लेख गर्दै नयाँ पुस्तालाई आफ्नो मौलिक संस्कृतिसँग जोडिराख्न यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताए।IMG_4234-1769379179.jpeg

विशेष अतिथि संजिव शर्माले तामाङ समुदायले अष्ट्रेलियामा आफ्नो संस्कृति जगेर्ना गर्न गरिरहेको प्रयास सराहनीय रहेको बताउँदै यस्ता कार्यक्रमहरूले नेपाली समुदायबीच आपसी सद्भाव र एकता बलियो बनाउने उल्लेख गरे। साथै, कन्सुलेट कार्यालय सधैं नेपाली समुदायसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता पनि व्यक्त गरे।

कार्यक्रममा उपस्थित स्थानीय काउन्सिलर भद्र वाइवाले तामाङ्  सोसाइटी अफ एनएसडब्लुले समुदायको पहिचान जगेर्ना गर्न खेलेको भूमिकाको प्रशंसा गर्दै, अष्ट्रेलियाको बहुसांस्कृतिक समाजमा नेपाली समुदायको सक्रिय सहभागिता गर्वको विषय भएको बताए। उनले सफल कार्यक्रमको लागि आयोजक टोलीलाई बधाई दिँदै निरन्तर यस्ता कार्यक्रमको कामना गरे।IMG_4232-1769379210.jpeg

संस्थापक तथा तामाङ सोसाइटी अफ अष्ट्रेलियाका सल्लाहकार गणेश तामाङले आफ्नो मन्तव्यमा संस्थाको स्थापनादेखि हालसम्मको यात्रालाई स्मरण गर्दै तामाङ समुदायको एकता, भाषा, संस्कृति र धर्मको संरक्षण नै संस्थाको मूल उद्देश्य रहेको बताए। उनले नयाँ पुस्तालाई आफ्नो मौलिक पहिचानप्रति सचेत गराउन यस्ता कार्यक्रम निरन्तर आवश्यक रहेको उल्लेख गर्दै वर्तमान नेतृत्व टोलीलाई सफल आयोजनाका लागि बधाई तथा शुभकामना व्यक्त गरे।

तामाङ सोसाइटी अफ एनएसडब्लुका अध्यक्ष अबिरल तामाङले अध्यक्षीय मन्तव्य दिँदै कार्यक्रम सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण सदस्य, स्वयंसेवक, प्रायोजक, कलाकार तथा दर्शकप्रति हार्दिक धन्यवाद व्यक्त गरे। उनले तामाङ समाजको मूल आधार भाषा, संस्कृति र धर्मको संरक्षण र प्रवर्द्धन रहेको उल्लेख गर्दै भावी दिनमा अझ गुणस्तरीय र व्यवस्थित कार्यक्रम गर्दै जाने प्रतिबद्धता व्यक्त गरे।IMG_4236-1769379406.jpeg

कार्यक्रममा चर्चित सेलो गायक आश्मान लोप्चन आले र लोकप्रिय गायक–संगीतकार दिल तमाङको प्रत्यक्ष प्रस्तुति दर्शकको मुख्य आकर्षण बन्यो। कार्यक्रममा सांस्कृतिक नृत्य, गीत, सेलो बाजा तथा डीजे सेसनसहित विविध प्रस्तुति प्रस्तुत गरिएको थियो। साथै, तामाङ सोसाइटी अफ एनएसडब्लुका पूर्व अध्यक्ष तथा समुदायका अग्रज व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो।

कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको  बाक्लो  उपस्थिति रहेको थियो। नेपाली आदिवासी जनजाति महासंघ अष्ट्रेलिया (NIMFA) का अध्यक्ष लक्ष्मण गुरुङ, तमु समाज अष्ट्रेलियाका अध्यक्ष हेउपति गुरुङ, अष्ट्रेलियन नेपाली पत्रकार संघ (ANJA) का अध्यक्ष कृष्ण तिवारी संचारकर्मी  हेमन्त  कफ्ले डा. राजु मानन्धर तक्दिर अधिकारी कृष्ण पोखरेल लगायत विभिन्न समुदायका अगुवा व्यक्तित्वहरूको सहभागिताले कार्यक्रमलाई थप गरिमामय बनाएको थियो।IMG_4237-1769379484.jpeg

तामाङ सोसाइटी अफ एनएसडब्लु सिड्नी टोलीले सफल कार्यक्रम आयोजना गर्न सहयोग गर्ने सम्पूर्ण सदस्य तथा स्वयंसेवकहरूलाई धन्यवाद दिँदै, आगामी दिनमा पनि तामाङ समुदायको भाषा, संस्कृति र पहिचान संरक्षणका लागि निरन्तर क्रियाशील रहने प्रतिबद्धता जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्