नेभिगेशन
अन्य

एन्टाको नया कार्य समितीलाई पदभार हस्तान्तरण

IMG_2459-1768909493.jpeg
एशोसिएसन अफ नेपाल तराई इन अष्ट्रेलिया (एन्टा) ले सुजित कुमारसिंहको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ। वार्षिक साधारण सभाबाट नयाँ कार्यसमिति चयन हुननसकेपनि निर्वाचन समितिको पहलमा दुई दीनपछी सहमति जुटेपछि  सर्वसम्मत कार्यसमिति चयन भएको हो । 

नयाँ कार्यसमितिमा अध्यक्षमा सुजित कुमार सिंह चयन भएका छन्। उपाध्यक्षमा विकास कुमार झा, महासचिवमा अन्जु शाह, संयोजकमा एमडी सैफुल्लाह, कोषाध्यक्षमा रञ्जित कुमार दास, सह–कोषाध्यक्षमा विनय कुमार यादव र जनसम्पर्कअधिकृतमा मनिष कुमार साह चयन भएका छन्।

त्यसैगरी कार्यसमिति सदस्यहरूमा राजेश यादव, रितेश कुमार महतो, सुजित कुमार साह, विशाल कुमार पण्डित, सुरज कुमारसाह, नितिश गुप्ता, अजित कुशवाहा, विक्की कुशवाहा, प्रमिश महतो र नरेश कुमार साह रहेका छन्। मंगलबार नया कार्य समीतीका पदाधिकारीलाई नीर्वाचन समितीका तर्फवाट अरुण ठाकुर , सुवांस साह र अंगद मीश्राले सपथ दीलाएका थिए । सपथ ग्रहण गराउदै नीर्वाचन आयुक्त ठाकुरले एन्टा एउटा परीवार भएकोले सबैले आफ्नै ठानेर हात बढाउन  आग्रह गरे । 

एन्टाका निवर्तमान अध्यक्ष रञ्जित साहले नयाँ कार्यसमितिलाई पदभार हस्तान्तरण गर्दै समुदायको हित, संस्कृति संरक्षण रपहिचानका सवालमा नया नेतृत्वले प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गरे । 

नव–निर्वाचित अध्यक्ष सिंहले प्रवासमा करिब डेढ दशकको सामाजिक अनुभवलाई आगामी दुई वर्षे कार्यकालमा उपयोग गरीसंस्थालाई सशक्त बनाउने बताएका छन्। पद हस्तान्तरण कार्यक्रममा थारु समाज अस्ट्रेलियाका अध्यक्ष दीप नारायण चौघरी, नीम्फाका अध्यक्ष लक्ष्मण गुरुड लगायतले नया कार्यसमितीको सफलताको शुभकामना ब्यक्त गरेका थीए । नव नीर्वाचीत महासचीब अन्जु साहले संचालन गरेको कार्यक्रममा अस्ट्रेलियाका लागि नेपाली  राजदुत चित्रलेखा यादवले अनलाईन मार्फत शुभकामना ब्यक्त गरेकी थीईन । 

सामाजिक सेवा, सांस्कृतिक प्रवर्द्धन तथा समुदायका अधिकारका सवालमा सक्रिय एन्टा अष्ट्रेलिया प्रवासी नेपालीसंस्थामध्ये एक स्थापित संस्थाका रूपमा परिचित छ। संस्थाका गतिविधि अष्ट्रेलिया लगायत नेपालमा पनि निरन्तर सञ्चालनहुँदै आएका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्