नेभिगेशन
न्यू साउथ वेल्स

सिड्नीमा थारु समाजद्वारा छैटौँ माघी पर्व भव्य रूपमा सम्पन्न

सिड्नी । अष्ट्रेलियास्थित थारु समाज सिड्नीले थारु समुदायको प्रमुख सांस्कृतिक पर्व माघी छैटौँ पटक भव्य रूपमा मनाएको छ। माघ १ गते बिहीबार (जनवरी १५) रकडेलस्थित इन्द्रेणी फंक्सन सेन्टरमा आयोजित विशेष कार्यक्रममा थारु भाषा, संस्कृति र पहिचानलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित माघी पर्व हर्षोल्लासका साथ सम्पन्न गरिएको हो।IMG_4067-1768695749.jpeg

थारु परम्पराअनुसार बेलुकी ५ बजे पूजा–आजासहित सुरु भएको कार्यक्रम औपचारिक र सांस्कृतिक गरी दुई चरणमा सञ्चालन गरिएको थियो। औपचारिक कार्यक्रम थारु सोसाइटी सिड्नीका सल्लाहकार रामेश्वर चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको थियो।IMG_4145-1768695775.jpeg

कार्यक्रमका प्रमुख अतिथि दाङ देउखुरीका खेम नारायण चौधरीले थारु समुदायको सभ्यता, इतिहास र पहिचानमाथि प्रकाश पार्दै परदेशमा रहेर पनि भाषा, संस्कार र संस्कृतिको संरक्षण गर्नु सराहनीय कार्य भएको बताए। यस्ता कार्यक्रमहरूले नयाँ पुस्तामा सांस्कृतिक चेतना हस्तान्तरण गर्न महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो।

थारु समाज सिड्नीका अध्यक्ष दिपनारायण चौधरीले माघी पर्व प्रत्येक वर्ष झन् व्यवस्थित र भव्य बन्दै गएको उल्लेख गरे। उनले कार्यक्रम अपेक्षाभन्दा सफल भएको बताउँदै प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने समाजका सदस्य, स्वयंसेवक, कलाकार र शुभेच्छुकहरूलाई धन्यवाद दिए। आगामी दिनमा पनि थारु कला, संस्कृति र पहिचान प्रवर्द्धन गर्ने कार्यक्रम निरन्तर आयोजना गर्ने प्रतिबद्धता उनले व्यक्त गरे।

कार्यक्रममा एन्जाका अध्यक्ष कृष्ण तिवारी, निम्फाका अध्यक्ष लक्ष्मण गुरुङ  तमु समाज सिड्नीका  अध्यक्ष                           हेउपती गुरुङ   लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरूले माघी पर्वको महत्वमाथि चर्चा गर्दै शुभकामना व्यक्त गरे। बहुसांस्कृतिक समाज अष्ट्रेलियामा थारु समुदायले आफ्नो मौलिक पहिचान जोगाउँदै आएकोमा अतिथिहरूले प्रशंसा गरेका थिए। कार्यक्रममा एनआरएनएका पदाधिकारी, समाजसेवी तथा विभिन्न समुदायका अगुवाहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रम स्थल थारु समुदायका मौलिक परिकार र पहिरनले सजिएको थियो। नेपालको पूर्वदेखि पश्चिमसम्मका विभिन्न जिल्लाका परम्परागत पहिरन र खानाका परिकारको प्रदर्शनीले सहभागीहरूको ध्यान खिचेको थियो। कार्यक्रममा नवलपरासी, चितवन, दाङ, सप्तरी, मोरङ र कपिलवस्तुका परम्परागत पहिरनमा सजिएका युवा–युवतीहरूले प्रस्तुति दिएका थिए।IMG_4148-1768695976.jpeg

सांस्कृतिक कार्यक्रममा  गायक सविन चौधरीको प्रस्तुती साह्रै रोमान्चित थियो । स्थानीय कलाकारहरूले लाठी नाच, झुमरा नाच र वाक नाचलगायत थारु समुदायका मौलिक नृत्य प्रस्तुत गरेका थिए। ती प्रस्तुतिहरूले थारु समुदायको सांस्कृतिक विविधता र परम्परालाई उजागर गर्दै कार्यक्रमलाई थप आकर्षक बनाएको थियो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्