सिड्नी। थारु समाज सिड्नी अष्ट्रेलियाको आयोजनामा थारु समुदायको महान् पर्व माघीलाई लक्षित गर्दै ‘माघी महोत्सव २०२६’ भव्य रूपमा मनाइने भएको छ। महोत्सव आगामी जनवरी १५, २०२६ (बिहीबार) का दिन सिड्नीको इन्द्रेणी फङ्सन सेन्टर, रकडेलमा आयोजना हुनेछ।
फर्स्टाइल होम्सको प्रस्तुतिमा तथा द गार्डेन्स अन फरेस्ट (इन्द्रेणी ग्रुप) को सहकार्यमा हुने यस महोत्सवमा थारु मौलिक संस्कृति, भेषभूषा, परम्परागत नृत्य, सांगीतिक प्रस्तुति र विशेष परिकारहरूको स्वाद अवलोकन गर्न पाइनेछ। कार्यक्रममा चर्चित कलाकारहरूको प्रस्तुति, सांस्कृतिक झाँकी तथा सामूहिक नृत्य आकर्षणको केन्द्र रहने आयोजकले जनाएको छ। महोत्सवको प्रवेश शुल्क २५ अष्ट्रेलियन डलर तोकिएको छ।
थारु समाज सिड्नी अष्ट्रेलियाका अध्यक्ष दीप नारायण चौधरीले महोत्सवले प्रवासमा रहेका थारु समुदायलाई आफ्नो भाषा, संस्कृति र पहिचानसँग जोडेर राख्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। अध्यक्ष चौधरीले भने,
“माघी केवल पर्व मात्र होइन, हाम्रो पहिचान, एकता र संस्कृतिको प्रतीक हो। अष्ट्रेलियामा बसोबास गर्ने थारु समुदायलाई एउटै मञ्चमा जोड्ने, नयाँ पुस्तालाई आफ्नो मौलिक संस्कृतिसँग परिचित गराउने र बहुसांस्कृतिक समाजमा थारु पहिचानलाई प्रवर्द्धन गर्ने उद्देश्यले यो महोत्सव आयोजना गरिएको हो।
साँझ ५ बजेबाट सुरु हुने महोत्सवमा परिवारसहित सहभागी भई नेपाली थारु संस्कृति, संगीत र परिकारको आनन्द लिन
अध्यक्ष चौधरीले सबैलाई आग्रह गरेका छन् ।
महोत्सव सम्बन्धी थप जानकारीका लागि अरुण (०४०१ ४३५ ९५९) र दीप (०४११ ६८८ ७९८) मा सम्पर्क गर्न सकिनेछ।