नेभिगेशन
न्यू साउथ वेल्स

तामाङ समाज NSW ले २८६२औँ सोनाम ल्होछार (घोडा वर्ष) भव्य रूपमा मनाउने

सिड्नी ।  तामाङ समाज NSW ले १७ जनवरी २०२६ मा २८६२औँ सोनाम ल्होछार (घोडा वर्ष) भव्य रूपमा मनाउने भएको छ। कार्यक्रम ग्रानभिल टाउन हल, 10 Carlton St, Granville NSW 2142 मा साँझ ५:०० बजे बाट सुरु हुनेछ।

सोनाम ल्होछार तामाङ समुदायको सबैभन्दा महत्वपूर्ण पर्व मानिन्छ र यसले नयाँ वर्षको आगमनसँगै खुशी, समृद्धि र संस्कृतिको जगेर्ना गर्दछ। तामाङ समाज NSW ले सन् २००९ देखि निरन्तररूपमा यो पर्व मनाउँदै आएको छ र हरेक वर्ष नेपाली समुदायहरुसँग  पारम्परिक र सांस्कृतिक कार्यक्रम आयोजना गर्दै आएको छ।

आयोजकको अनुसार यस वर्षको कार्यक्रममा परम्परागत तामाङ नृत्य–गीत, रिति–रिवाज प्रदर्शन, सांस्कृतिक झाँकी, नेपाली परिकार सहित नेपाल तथा बहुसांस्कृतिक आधुनिक सांगीतिक प्रस्तुतिहरु रहनेछन्।

तामाङ समाज NSW का अध्यक्ष राज पाख्रिनले भने, “सोनाम ल्होछार हाम्रो पहिचान र परम्पराको जीवित संग्राहलय हो। यसले हामीलाई हाम्रो जरा, भाषा र संस्कृतिसँग जोडिरहन मद्दत गर्छ। यो पर्वमा सबै समुदायकाहरूलाई सहभागी गराई हाम्रो सांस्कृतिक विविधता प्रस्तुत गर्न पाउँनु  गौरबको  बिषय  भएको  बताए                                                                     ।    सिड्नीबासी सबै  समुदायहरुलाई कार्यक्रममा सहभागी  जनाइदिनु हुन अध्यक्ष पाख्रिनले  अनुरोध   गरेका  छन्          ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्