नेभिगेशन
न्यू साउथ वेल्स

सिड्नीको बन्डाई बिचमा भएको आतङ्ककारी आक्रमणप्रति एनआरएनए अष्ट्रेलियाको कडा निन्दा

सिड्नी। गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाले सिड्नीको बन्डाई क्षेत्रमा हिजो आइतवार भएको आतङ्ककारी आक्रमणको कडा शब्दमा निन्दा गर्दै पीडित, उनीहरूको परिवार तथा सम्पूर्ण अष्ट्रेलियाली समुदायप्रति गहिरो समवेदना व्यक्त गरेको छ ।
एनआरएनए अष्ट्रेलियाका प्रवक्ता अशोक बस्नेतद्वारा आज जारी गरिएको विज्ञप्तीमा उक्त अमानवीय र संवेदनहीन हिंसात्मक घटनाले निर्दोष नागरिकहरू, उनीहरूको परिवार तथा समग्र अष्ट्रेलियाली समाजलाई गहिरो पीडा र शोकमा पारेको उल्लेख गरिएको छ । संस्थाले यस दुःखद घडीमा पीडितहरूसंग ऐक्यबद्धता जनाउदै समुदायसग एकताका साथ उभिने प्रतिबद्धता  समेत व्यक्त गरेको छ ।

विज्ञप्तिमा अष्ट्रेलियन फेडरल पुलिस, न्यू साउथ वेल्स पुलिस, घटनास्थलमा खटिएका सर्वसाधारण नागरिक तथा आपतकालीन र स्वास्थ्यकर्मीहरूले देखाएको छिटो, साहसी र व्यावसायिक भूमिकाको उच्च प्रशंसा गरिएको छ । एनआरएनए अष्ट्रेलियाले जनजीवनको सुरक्षा र सार्वजनिक सुरक्षाका लागि अहोरात्र खटिने सबै सुरक्षाकर्मी तथा प्रथम उद्धारकर्ताहरूप्रति सम्मान व्यक्त गरेको छ ।

अष्ट्रेलियाको बहुसांस्कृतिक समाजको गर्विलो र सक्रिय सदस्यको रूपमा नेपाली समुदायले शान्ति, एकता र सामाजिक सद्भावप्रतिको आफ्नो प्रतिबद्धता पुनः पुष्टि गरेको विज्ञप्तिमा उल्लेख छ । एनआरएनए अष्ट्रेलियाले आतङ्कवाद, उग्रवाद र घृणाका सबै रूपहरूको स्पष्ट रूपमा विरोध गर्दै हिंसाविरुद्ध एकजुट, दृढ र करुणामय भएर उभिन सम्पूर्ण अष्ट्रेलियाली समुदायलाई आह्वान गरेको छ ।
उक्त घट्नामा आजसम्म १६ जनाको ज्यान गइसकेको छ भने ४२ जना घाइतेहरुको सिड्नीका विभिन्न अस्पतालहरुमा उपचार भैरहेको छ । IMG_2837-1765780190.jpeg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्