नेभिगेशन
न्यू साउथ वेल्स

डब्बो नेपाली समुदाय अष्ट्रेलियाले आफ्नो १० औं साधारण सभा मनायो

डब्बो । डब्बो नेपाली समुदाय अष्ट्रेलिया “DNCA"को यहि डिसेम्बर ६ तारिख शनिबार सम्पन्न  डब्बो नेपाली समुदाय अष्ट्रेलियाको १० औं वार्षिक साधारण सभाले राज खेरालको अध्यक्षतामा नयाँ कार्यसमितिको चयन गरेको छ । संस्थाका अनुसार नयाँ कार्यसमितिको उपाध्यक्षमा भुवन लम्साल ,सचिवमा शैलेन्द्र थापा ,कोषाध्यक्षमा अग्रिता श्रेष्ठ र नानी बाबु पाठशालाको प्राचार्यमा अस्मिता घिमिरे लाई चयन गरिएको छ । 


डब्बो र त्यसको वरपर बसोबास गरेका नेपालीहरुको बाक्लो सहभागिता रहेको सो साधारण सभामा संस्थालाई यहाँसम्म  ल्याईपुर्याउन साथ र सहयोग गर्ने पूर्व समिति सदस्यहरू, पूर्व अध्यक्षहरू र सामाजिक अभियन्ताहरुलाई सम्मान सहित धन्यवाद ज्ञापन गरियो । 
DNCA डब्बोमा बसोबास गरिरहेका नेपाली हरुलाई एकै ठाउमा ल्याएर नेपाली भाषा ,संस्कृति र सभ्यताको संरक्षण र सम्बर्धन गर्दै नयाँ पुस्तालाई यसका  बिबिध पक्षमा जानकारी गराउने कार्यमा सक्रिय रहदै आएको छ । संस्थाले विभिन्न नेपाली चाड पर्वको अवसर पारेर विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्