नेभिगेशन
न्यू साउथ वेल्स

सिड्नीमा ‘बैठक मुशायरा–२’ हुने, नेपाली साहित्यप्रेमी उत्साहित

सिड्नी  ।  अष्ट्रेलियाको सिड्नीमा नेपाली साहित्य, गजल र सांस्कृतिक अभिव्यक्तिलाई समेट्दै ‘बैठक मुशायरा–२’ आयोजना हुने भएको छ। मुशायरा परिवारद्वारा आयोजित यो कार्यक्रम शनिबार १३ डिसेम्बर २०२५ मा Baithak Restaurant, Kogarah मा साझ ५. बजेदेखि हुनेछ। कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको आयोजकहरूले जनाएका छन्।

कार्यक्रमका लागि टिकट मूल्य  बुकिङमा ८० डलर तथा सामान्य टिकट १०० डलर तोकिएको छ। दुवै टिकटमा दुई कोर्स डिनर समावेश गरिएको छ। साहित्यिक प्रस्तुति, संगीत, रचना वाचन तथा सांस्कृतिक विविधताले कार्यक्रमलाई समृद्ध बनाउने अपेक्षा गरिएको छ।
कार्यक्रममा सहभागी हुने गजलकार तथा वाचकहरूमा जितेन्द्र मल्ल (सिड्नी) ज्ञानुवाकर  पौडेल (नेपाल ) सुरेन्द्र दवाडी  (सिड्नी) महेश्वोर शर्मा (सिड्नी) प्रकाश पन्थी (सिड्नी) नारायण बराल (क्यानबरा ) विशाल खड्का (सिड्नी) राहुल अर्याल (सिड्नी) रहेका  छन्  ।  
त्यस्तै कार्यक्रममा गायन र संगीत प्रस्तुति प्रदान गर्ने कलाकारहरूमा राज सागर ( नेपाल ) कोमल खतिवडा ( सिड्नी), सुजन गोपाली ( सिड्नी), विकास उप्रेती ( सिड्नी) रबिसन खत्री  ( सिड्नी) र अरुणा कार्की ( सिड्नी) रहेका छन्।
कार्यक्रम संयोजक तथा गजलकार जितेन्द्र मल्लले ‘बैठक मुशायरा–२’ सिड्नीस्थित नेपाली समुदायका लागि साहित्यिक भेटघाट, सिर्जनात्मक आदानप्रदान र सांस्कृतिक जमघटको  प्रभावकारी मंच हुने बताए।

केही  समय अघि बैठक मुशायरा–१  भब्य रुपमा सम्पन्न  भएको थियो । मल्लका  अनुसार यसपटक कार्यक्रमलाई अझ व्यवस्थित, आकर्षक र बहुआयामिक बनाउन विशेष ध्यान दिएको छ। नेपाल र विदेशमा सक्रिय गजलकार तथा कलाकारलाई एउटै मञ्चमा ल्याएर नेपाली साहित्यको विस्तार र प्रभावलाई सुदृढ बनाउने मुल उद्देश्य रहेको बताए                                                                     
सिड्नीका साहित्यप्रेमीहरूबीच उत्साह बढिरहेका बेला ‘बैठक मुशायरा–२’ नेपाली गजल, कविता र संगीतको एक उल्लेखनीय सांस्कृतिक उत्सव बन्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्