नेभिगेशन
न्यू साउथ वेल्स

आज  ग्रानभिलको Flavours of Nepal मा यम बरालसँग विशेष Meet & Greet कार्यक्रम          

सिड्नी।  चर्चित गायक यम बराल आज शनिबार ग्रानभिलस्थित Flavours of Nepal रेस्टुरेन्टमा आयोजना हुने विशेष Meet & Greet कार्यक्रममा उपस्थित हुने भएका छन्। कार्यक्रम साँझ ७ बजेदेखि १० बजेसम्म सञ्चालन हुनेछ।

रेस्टुरेन्टका सञ्चालक राजेश केसीका अनुसार प्रवासी नेपालीहरूबीच यम बरालप्रतिको आकर्षण उच्च रहेकोले विशेष भेटघाट कार्यक्रम आयोजना गरिएको हो। उनका अनुसार Flavours of Nepal ले विगतमा रामकृष्ण ढकालसहित थुप्रै चर्चित  कलाकारलाई स्वागत गर्दै आएको छ।
सञ्चालक केसीले नेपाली कलाकार र संगीत क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तिहरूलाई प्रोत्साहन गर्ने र प्रवासी नेपालीबीच सुमधुर भेटघाट र  प्रबासमा नेपाली गीत संगीतको   जगेर्ना     गर्नु कार्यक्रमको प्रमुख लक्ष्य रहेको बताए ।                         प्रबेश नि:शुल्क रहेको उक्त कार्यक्रममा  सबै संगीत  प्रेमी नेपाली समुदायलाई  उपस्थिति जनाइदिनु भै  नेपाली परिकारको मज्जा लिदै गीत संगीतमा झुम्न  केसीले आग्रह     गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्