नेभिगेशन
न्यू साउथ वेल्स

गायक यम बराल सिड्नीमा गुञ्जिए 

सिड्नी ।  सांगीतिक भ्रमणका क्रममा अष्ट्रेलिया रहेका           चर्चित गायक यम बरालले शुक्रबार सिड्नीमा भव्य प्रस्तुति दिएका छन्। ‘यम बराल लाइभ इन सिड्नी’ शीर्षकमा ग्रान्ड प्यालेस, ओबर्नमा आयोजित कार्यक्रम भब्य  रूपमा सम्पन्न भएको छ ।

कार्यक्रममा युगल प्रस्तुतीका लागि यम बराललाई अष्ट्रेलियामै बस्दै आएकी गायिका प्रीति घिमिरेले साथ दिइन्। स्टेजमा उल्लेख्य संख्यामा उपस्थित नेपाली दर्शकहरूको उत्साहले माहोल झनै उर्जाशील बनेको थियो ।  

, कार्यक्रमप्रति दर्शकको रुचि अत्यन्त उत्साहजनक थियो । “दर्शकले दिएको माया असाधारण थियो, कार्यक्रम निकै सफल भयो,” बरालले भने ।

कार्यक्रममा  NRNA अष्ट्रेलियाले गायक यम बराललाई नेपाली संगीत क्षेत्रमा पुर्‍याएको योगदानको उच्च मूल्यांकन गर्दै मायाको चिनो  प्रदान गरेको  थियो ।  NRNA NSW राज्य सम्योजक  उषा किरण बरिया पोखरेल, ICC सदस्य  राजेश केसीले संयुक्त रूपमा मायाको चिनो प्रदान  गरे ।IMG_2704-1764536808.jpeg

बरालले आफ्ना लोकप्रिय र सदाबहार गीतहरू ‘निष्ठुरीले छाडेर गइहाली’, बादलको घुम्टो’, अब चोटहरूले’, ‘मन रहे पो मायाप्रीति’, ‘लगयत  केही नयाँ गीत समेत प्रस्तुत गरे।

यस अवसरमा एसोसियसन अफ  नेपाल  तराइ इन  अष्ट्रेलिया( ANTA ) का  प्रेसिडेन्ट  रञ्जित साहले सिड्नीमा नेपाली कलाकारको कार्यक्रम सञ्चालन गर्न पाउँदा अत्यन्त खुशी लागेको बताउँदै, समुदायले कलाकारलाई दिएको माया र समर्थन प्रति आभार व्यक्त गरे।

कार्यक्रममा प्रीति घिमिरेसँगै महेन्द्र विक, रविन भुसाल र निशा गुरुङले पनि आफ्ना प्रस्तुति दिए। यम करिब एक महिनासम्म अष्ट्रेलियामा विभिन्न कार्यक्रममा गुञ्जिनेसहित सांगीतिक यात्रा अघि बढाउँदैछन्। आगामी डिसेम्बर १४ मा सिड्नीको एभरेस्ट रेस्टुरेन्ट एन्ड इभेन्ट सेन्टरमा हुने रमझम साँझमा पनि उनी स्टेजमा प्रस्तुत हुनेछन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्