नेभिगेशन
न्यू साउथ वेल्स

सिड्नीमा आज ‘यम बराल लाइभ इन सिड्नी’ भव्य रूपमा हुँदै

सिड्नी ।  पाल्पा इन्टरटेन्मेन्टको आयोजनामा बहुप्रतिक्षित संगीतक कार्यक्रम ‘यम  बराल लाइभ इन सिड्नी’ आज साँझ भव्य रूपमा हुन लागेको छ। कार्यक्रम 2/ 219 Parramatta Rd, Auburn स्थित ग्राण्ड प्यालेसमा आज शुक्रबार साँझ ६:३० बजेदेखि सुरु हुनेछ।

नेपाली आधुनिक संगीतका लोकप्रिय गायक यम   बराल मुख्य प्रस्तोताका रूपमा स्टेजमा उत्रिँदैछन्। उनका चर्चित गीतहरू ‘तिमीसँगै तिमीसँगै’, ‘फूलको थुँगा बगाउँदा’, ‘साथी हो’, ‘तिमी बिनाको जिन्दगी’ लगायतका मन छुने गीतहरूले आजको माहोललाई झनै रोमान्चक बनाउने अपेक्षा गरिएको छ।

उनीसँगै महेन्द्र BK, रबिन भुषाल, निशा तामाङ, प्रिती घिमिरे र शोभित बस्नेतले पनि आकर्षक प्रस्तुति दिनेछन्, जसले सम्पूर्ण कार्यक्रममा अतिरिक्त ऊर्जा थप्नेछ।

कार्यक्रमका टाइटल स्पोन्सरहरूमा A to Z क्लिनिङ्ग सप्लाइज रहेका छन् भने गोल्ड स्पोन्सर सर्च एजुकेसन र सिल्भर स्पोन्सर क्लासिक ब्राइट छन्। साथै विभिन्न समुदाय–उद्यमी तथा व्यवसायिक संस्थाहरूको सहयोगमा कार्यक्रम सम्पन्न हुँदैछ।

कार्यक्रममा सहभागी दर्शकहरुका लागि गाला डिनरको विशेष व्यवस्था गरिएको छ। प्रवेश शुल्क ५९. ९९ डलर निर्धारण गरिएको छ, जसले उत्कृष्ट मनोरञ्जन र स्वादिष्ट भोजनको अनुभव एकैसाथ प्रदान गर्नेछ।

सिड्नीमा रहेका नेपाली समुदायका लागि आजको यो साँझ मनोरञ्जन, संगीत र सांस्कृतिक उत्सवसँगै कलाकारहरूलाई नजिकबाट भेटघाट गर्ने सुनौलो अवसरका रूपमा हेरिएको  छ।
आयोजकले  सिड्नीबासी  नेपाली समुदायलाई उपस्थिति   जनाइ   नेपाली गीत संगीतलाई माया गरिदिनु  पनि अनुरोध गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्