सिड्नी । भिक्टोरिया राज्यको ग्रामीण क्षेत्र स्टोनलीमा भएको सवारी दुर्घटनामा तिन नेपालीको मृत्यु भएको छ । सब वेबाट मेन रोडमा निस्कने क्रममा मालबाहक ट्रकले ठक्कर दिँदा भएको उक्त दुर्घटनामा आमा, बाबु र छोराको मृत्यु भएको हो । चितवन घर भएका एकै परिवारका तीन सदस्यमा कार चालक ४१ वर्षीय एक पुरुष सहित ३१ वर्षीया एक महिला र तीन वर्षीय एक बालकको दुर्घटनास्थलमै मृत्यु भएको संचार माध्यमले जनाएका छन् ।
दुर्घटनामा परि घाईते महिलाको स्थानिय अस्पतालमा उपचार भइरहेको छ । घाइते महिला मृतक महिलाकी आमा रहेको बताईएको छ । घाइतेलाई हेलिकोप्टरबाट उद्धार गरी अस्पताल लगिएको थियो । ट्रक चालक भने सामान्य घाइते भएका र उपचारार्थ महिलाको अवस्था खतरामुक्त रहेको छ ।