नेभिगेशन
साउथ अष्ट्रेलिया

एडिलेड नेपाली समाज अष्ट्रेलियाको तेह्रौँ वार्षिक साधारण सभा सम्पन्न

एडिलेड । एडिलेड नेपाली समाज अष्ट्रेलियाको तेह्रौँ वार्षिक साधारण सभा नोभेम्बेर २ तारिक आइतबारका दिन साउथ अष्ट्रेलियाको एडिलेडस्थित मिचेल पार्कमा भव्य रूपमा सम्पन्न भएको छ।IMG_2538-1762215505.jpeg

समाजका अध्यक्ष श्याम दाहालको सभापतित्वमा सम्पन्न कार्यक्रममा साउथ अष्ट्रेलियाली बहुसांस्कृतिक आयोगकी सदस्य मञ्जु खड्का प्रमुख अतिथिको रुपमा उपस्थिति   रहेकी थिइन्  ।

सभामा समाजका वार्षिक गतिविधि, विद्यालयको प्रगति तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरी छलफलपछि सर्वसम्मत रूपमा पारित गरिएको थियो। अध्यक्ष दाहालले संस्थाको वार्षिक प्रतिवेदन, उपाध्यक्ष तथा एडिलेड नेपाली विद्यालयकी प्रिन्सिपल एलिजा ढकालले विद्यालयको प्रगतिबारे प्रतिवेदन, र कोषाध्यक्ष आनन्द खरेलले आर्थिक विवरण प्रस्तुत गरे ।

प्रमुख अतिथि मञ्जु खड्काले समाजले स्थापना कालदेखि नै साउथ अष्ट्रेलियामा रहेका नेपाली समुदायको हित र एकताको लागि महत्वपूर्ण योगदान दिंदै आएको उल्लेख गर्दै  समाजको प्रशंसा गरिन ।
कार्यक्रममा एनआरएनए साउथ अष्ट्रेलियाका उपाध्यक्ष गणेश पराजुली र फेन्का साउथ अष्ट्रेलियाका संयोजक पुष्कर कोईरालाले पनि शुभकामना मन्तव्य व्यक्त गरे ।  

कार्यक्रमको सुरुवात समाजका उप–सचिव जिवन भट्टराईको स्वागत मन्तव्यबाट गरिएको सो कार्यक्रमको  अन्त्यमा उपाध्यक्ष बालगोपाल उपाध्यायले धन्यवाद ज्ञापन गर्दै कार्यक्रमल्लाई औपचारिक रुपमा समापन  गरे ।
साधारण सभाको सञ्चालन समाजका सचिव सागर श्रेष्ठले गरेका  थिए ।  IMG_2537-1762215529.jpeg

सभापछि साँझ मिचेल पार्कमै समाजका स्वयंसेवक र सहयोगीहरूलाई सम्मान स्वरूप बार्बेक्यु कार्यक्रम पनि आयोजना गरिएको थियो। कार्यक्रममा सहभागीहरूले आपसी मेलमिलाप र समाजिक एकताको भावना व्यक्त गरेका थिए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप साउथ अष्ट्रेलिया
शिल्पाको महिला संयोजकमा बलियो दाबेदारी 

शिल्पाको महिला संयोजकमा बलियो दाबेदारी 

पर्थ, अस्ट्रेलिया – गैर-आवासीय नेपाली संघ (NRNA) पश्चिम अस्ट्रेलियाको आगामी कार्यकाल (२०२५–२०२७) कोनिर्वाचनका लागि शिल्पा पोख्रेलले ‘महिला संयोजक’ पदमा आफ्नो बलियो उम्मेदवारी प्रस्तुत गरेकी छिन । 
पर्थका सिग्देल युवा उप संयोजक पदका दाबेदार        

पर्थका सिग्देल युवा उप संयोजक पदका दाबेदार        

वर्तमान पश्चिमी अष्ट्रेलियाका NRNA युवा संयोजक, सेवा नै म धर्म हो भन्ने  भाव र समर्पणका साथ पर्थका युवा अभियन्ता मनिष सिग्देलले आगामी जुलाई २६मा हुने NRNA अष्ट्रेलियाको नीर्वाचनमा...