नेभिगेशन
न्यू साउथ वेल्स

अस्ट्रेलियामा छठ पूजा २०२५ भव्य रूपमा मनाइने

सिड्नी  ।  नेपाली समुदायको महान पर्व छठ पूजा यस वर्ष पनि अस्ट्रेलियामा भव्य रूपमा मनाइने भएको छ। Association of Nepal Terai in Australia (ANTA) ले सिड्नीस्थित Angle Park, Chipping Norton NSW 2170 मा छठ पूजा २०२५ आयोजना गर्ने तयारी पूरा गरेको छ। यो धार्मिक तथा सांस्कृतिक पर्व अस्ट्रेलियामा रहेका नेपाली समुदायबीच एकता, संस्कृतिको संरक्षण र सामुदायिक सद्भाव बढाउने उद्देश्यले आयोजना गरिएको हो। कार्यक्रममा नेपाली समुदायको उल्लेखनीय उपस्थिति अपेक्षा गरिएको छ।

छठ पूजा सूर्यदेव र छठी माईको आराधना गर्ने पर्व हो, जसले जीवनमा शक्ति, समृद्धि, स्वास्थ्य र पारिवारिक सुख–शान्ति ल्याउने विश्वास गरिन्छ। अस्ट्रेलियामा रहेका नेपालीहरूका लागि यो पर्व मातृभूमिको संस्कार, संस्कृति र धार्मिक भावनासँग पुनः जोडिने अवसरको रूपमा मनाइन्छ।

कार्यक्रम अन्तर्गत सन्ध्या अर्घ्य २७ अक्टोबर २०२५ सोमबारका दिन साँझ ३ बजेदेखि ८ बजेसम्म, र उषा अर्घ्य २८ अक्टोबर २०२५ मंगलबारका दिन बिहान ५ बजेदेखि ८ बजेसम्म सम्पन्न हुने जनाएको छ। Angle Park, Chipping Norton मा आयोजना हुने यो कार्यक्रम सबैका लागि खुला रहनेछ।

ANTA का अध्यक्ष रन्जित  साहले  अस्ट्रेलियामा बसोबास गर्ने नेपालीहरूबीच एकता, प्रेम र आपसी सद्भाव बढाउने यो  छठ पूजा केवल धार्मिक पर्व मात्र होइन, यो हाम्रो अस्तित्व र संस्कृतिको पर्ब पनि भएको बताए  !                                           साहले  यस अवसरमा सबै नेपाली  समुदायलाई परिवारसहित सहभागी भैईदिनु हुन हार्दिक अनुरोध गरेका  छन्।  ANTA ले विगत वर्षहरूमा जस्तै यसपालि पनि व्यवस्थापन, सुरक्षा र सहज वातावरणमा विशेष ध्यान दिदै समुदायका सबै वर्ग र उमेरका व्यक्तिहरूका लागि यो उत्सव आनन्ददायी र अर्थपूर्ण बन्ने अपेक्षा गरेको  छ।कार्यक्रमसम्बन्धी थप जानकारीका लागि ANTA अध्यक्ष रञ्जित साह (0430 362 770), उपाध्यक्ष परमानन्द साह (0414 469 302), संयोजक राकेश साह (0415 837 815) र पब्लिक अफिसर बेनजी कुशवाहा (0423 740 ४१२) मा सम्पर्क गर्न सकिनेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्