नेभिगेशन
न्यू साउथ वेल्स

अस्ट्रेलियामा नौ महिला स्रष्टाद्वारा नवदुर्गा समर्पित कविता वाचन

सिड्नी  ।  अस्ट्रेलियाको सिड्नी र क्यानबेरामा रहेका नौ महिला स्रष्टाले दशैंको अवसर पारेर नवदुर्गा स्वरूपलाई समर्पित गर्दै कविता वाचन गरेका छन्। सामूहिक वाचनमार्फत उनीहरूले देवीको शक्तिस्मरण र स्त्रीशक्तिको उत्सव मनाएका हुन्।

सिड्नीमा आयोजित विशेष कार्यक्रममा क्यानबेराकी कवि महता घिमिरे चापागाईंले ‘म शैलपुत्री’ वाचन गरिन् भने साहित्यकार ममता मिश्राले देवी कुश्माण्डामाथि केन्द्रित कविता प्रस्तुत गरिन्। त्यसैगरी भावना पराजुली, रिचा गौतम, श्वेता मैनाली, सुधिरा शाह, प्रतिज्ञा अधिकारी, प्रज्ञा पनेरु र सानु घिमिरेले आ–आफ्ना रचनाले सभालाई रंगीन बनाए।

कार्यक्रममा दोस्रो पुस्ताकी कवि मुमल श्रेष्ठले ‘नवदुर्गाको उज्यालोमा’ कविता वाचन गर्दै नयाँ पुस्ताको भावनात्मक दृष्टि प्रस्तुत गरिन्।

अनेसास अस्ट्रेलिया, एसोसिएसन अफ भुटनीज इन अस्ट्रेलिया र ब्ल्याकटाउन नेपलिज सोसाइटीको सहकार्यमा सम्पन्न कार्यक्रममा संयोजक सानु घिमिरेले महिला साहित्यकारलाई सशक्तीकरण गर्दै सशक्त र परिस्कृत साहित्य सिर्जनामा समूह सक्रिय रहेको प्रष्ट्याइन्।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्