सिड्नी। थारु समुदायको सांस्कृतिक पहिचान, भाषा र परम्पराको संरक्षणका लागि सक्रिय थारु सोसाइटी सिड्नी अष्ट्रेलियाको चौथो अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अगस्ट २३ मा रकडेलस्थित इन्द्रेणी फंक्शन सेन्टरमा सम्पन्न अधिवेशनले दिप नारायण चौधरीलाई पुनः अध्यक्षमा चयन गर्दै नयाँ कार्यसमिति घोषणा गरेको हो। सन् २०१८ मा सिड्नीमा स्थापना भएको थारु सोसाइटी सिड्नी अष्ट्रेलियामा चौधरी सुरुदेखि नै नेतृत्व सम्हाल्दै आएका छन् र यो उनको चौथो कार्यकाल हो।
कार्यसमितिको अन्य पदाधिकारीमा उपाध्यक्षमा निमिस लेखी र विनय चौधरी, महासचिवमा मधुकर चौधरी, सचिवमा सोफिया चौधरी, कोषाध्यक्षमा रिंकु चौधरी तथा पब्लिक रिलेसन अफिसरमा अरुण कुमार चौधरी निर्वाचित भए। त्यसैगरी महिला संयोजकमा मिस्रा कुमारी चौधरी, आईटी संयोजकमा उमेश चौधरी, सांस्कृतिक संयोजकमा पूजा चौधरी, विद्यार्थी संयोजकमा हृदेश चौधरी, खेलकुद संयोजकमा रोहन चौधरी, महिला सह–संयोजकमा श्रुति चौधरी, सह–कोषाध्यक्षमा उपासना चौधरी र विद्यार्थी सह–संयोजकमा हरिकृष्ण चौधरी चयन भएका छन् ।
कार्यकारीणी सदस्यहरुमा सुनम चौधरी, रञ्जना चौधरी (पर्सा), स्वेता चौधरी, नज्मा चौधरी, रञ्जना चौधरी (कैलाली), श्रुति गच्छदार, अस्मिता खोजवार, सिद्धान्त चौधरी, मिलन चौधरी, सागर चौधरी, रितेश चौधरी र सन्दीप चौधरी रहेका छन्। सोसाइटीको वरिष्ठ सल्लाहकारमा रामेश्वर चौधरी तोकिएका छन् भने दुर्गानन्द चौधरी र जानुका चौधरीलाई सल्लाहकारको जिम्मेवारी दिइएको छ।
पुनः निर्वाचित भएपछि अध्यक्ष दिप नारायण चौधरीले सोसाइटीलाई अझ सबल बनाउँदै समुदायबीच एकता र सहकार्यलाई सुदृढ गर्न आफ्नो नेतृत्व केन्द्रित रहने बताएका छन्। उनले नेपाल न्युज अष्ट्रेलियासँगको कुराकानीमा भने, “थारु सोसाइटी केवल एउटा संगठन मात्र होइन, यो हाम्रो भाषा, संस्कृति र पहिचानलाई नयाँ पुस्तासम्म पुर्याउने साझा थलो हो। आगामी दुई वर्षमा हामी अझ धेरै सांस्कृतिक, शैक्षिक र सामाजिक कार्यक्रम अघि सार्नेछौं।”
नव–निर्वाचित कार्यसमितिको कार्यकाल दुई वर्षको रहनेछ। अधिवेशनमा सहभागी थारु समुदायका सदस्यहरूले नयाँ नेतृत्वले संस्थालाई अझ प्रभावकारी र सबल बनाएर अष्ट्रेलियामा बसोबास गर्ने थारु समुदायको पहिचान प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन्।