सिड्नी। गैर आवासीय नेपाली संघ (NRNA) अष्ट्रेलियाले आउँदो ६ सेप्टेम्बर २०२५ मा Hyatt Regency, सिड्नीमा आयोजना गर्न लागेको “NRNA Australia Excellence Award 2025” कार्यक्रमका लागि गत २० अगस्टमा जुम मार्फत अन्तरक्रिया तथा पत्रकार सम्मेलन सम्पन्न गरेको छ। कार्यक्रममा NRNA Australia Excellence Award आयोजक समिति र Australian Nepalese Journalists Association (ANJA) का प्रतिनिधिहरूले सक्रिय सहभागिता जनाएका थिए।
पत्रकार सम्मेलनमा पुरस्कार समितिको परिचय, पुरस्कारको उद्देश्य र महत्व, तयारीको अवस्था, अहिलेसम्मको प्रगति प्रतिवेदन, टास्कफोर्सहरूको भूमिका, नयाँ थपिएका पुरस्कार विधा, नामांकन प्रक्रिया, र विभिन्न पुरस्कारसम्बन्धी विस्तृत जानकारी प्रस्तुत गरिएको थियो।
पुरस्कार समितिका समन्वयकमा रामचन्द्र पौडेल तथा राष्ट्रिय सचिवको जिम्मेवारी निरु त्रिपाठी लगायत समितिका अन्य सदस्यहरूमा प्रेम राज उप्रेती (भिक्टोरिया), बिजेन बटाजू (न्यू साउथ वेल्स), जितेन्द्र मल्ल (न्यू साउथ वेल्स), रेवन्त बस्नेत (तास्मानिया), रमानन्द मिश्र (साउथ अष्ट्रेलिया), सागर पौडेल (अष्ट्रेलियन क्यापिटल टेरिटरी), सुयना श्रेष्ठ (नर्दर्न टेरिटरी), समुन्द्र राज पुरी (वेस्टर्न अष्ट्रेलिया) र नैन्द्र कुमार श्रेष्ठ (राज) (क्वीन्सल्याण्ड) रहेका छन् ।
यस वर्षको पुरस्कार वितरणमा कुल १६ विधा रहेका छन्,
जसमा
Student of the Year – Year 12 Level
Student of the Year – University Level
Sports Person of the Year – Over 18
Sports Person of the Year – Under 18
Arts & Culture Contribution Award
Language and Literature Award
Youth Leadership Award
NRNA Australia Woman of the Year
Friends of Nepal of the Year
Entrepreneur of the Year
Business Organisation of the Year
Community Service Person of the Year
Community Organisation of the Year
Media Person of the Year
Diversity and Inclusion Advocate Award
Health & Wellbeing Impact Award रहेका छन् ।
विशेष रूपमा यस वर्ष केही नयाँ विधाहरू थपिएका छन् । जसमा Diversity and Inclusion Advocate Award, Health & Wellbeing Impact Award, Language and Literature Award, Entrepreneur of the Year। साथै, Presidential Award, State Person of the Year, Life Achievement Award र Jury Award जस्ता विशेष पुरस्कारहरू NRNA Australia अध्यक्ष र पुरस्कार समितिको निर्णय अनुसार प्रदान गरिनेछ।
पुरस्कार समितिका समन्वयक रामचन्द्र पौडेलका अनुसार, छनोट प्रक्रिया पूर्ण रूपमा प्रणालीबद्ध र पारदर्शी हुनेछ। यसका लागि विभिन्न Taskforce हरू गठन गरिएको छ, जसमा Application Review & Commenting, Phone Call & Communication Follow-up, Artwork & Media Liaison, Records & Admin, Verification Team, र Scoring & Judging Panel समावेश छन्। प्रत्येक टास्कफोर्सले आफ्नो जिम्मेवारी पारदर्शी र व्यवस्थित तरिकाले पूरा गर्नेछ।
NRNA Australia का सचिव निरु त्रिपाठीका अनुसार, Conflict of Interest का सबै सदस्यहरूले फारममा हस्ताक्षर गरिसकेका छन्। यदि समितिका कुनै सदस्यसँग आवेदनकर्ता सम्बन्धित वा नजिकका व्यक्ति भएमा, उसले उक्त आवेदन मूल्याङ्कन गर्ने छैनन् ।
पत्रकार सम्मेलनमा केही विधामा अहिलेसम्म आवेदन नआएको कारण आवेदनको समयसीमा शुक्रबार, २९ अगस्ट २०२५ सम्म बढाइएको छ । NRNA अष्ट्रेलियाले सम्पूर्ण नेपाली समुदायलाई आ-आफ्नो क्षेत्रमा योगदान दिने व्यक्तिहरूलाई नामांकन गर्न आह्वान गरेको छ।