नेभिगेशन
न्यू साउथ वेल्स

१६औं वार्षिकोत्सवको अवसरमा  तामाङ सोसाइटी अफ एनएसडब्लुको BBQ Bash 2025 अगस्ट २३ मा

सिड्नी ।  तामाङ सोसाइटी अफ न्यु साउथ वेल्स (NSW) ले आफ्नो १६औं वार्षिकोत्सवको अवसरमा ‘BBQ Bash 2025’ आयोजना गर्ने भएको छ। कार्यक्रम आगामी अगस्ट २३ (शनिबार) मा Ashfield Park मा दिउँसो १२:०० बजे देखि सुरु हुनेछ।

समाजका अध्यक्ष अबिरल  तामाङले कार्यक्रम नेपाली तथा तामाङ समुदायबीचको एकता, सद्भाव र सांस्कृतिक पहिचान प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको जानकारी दिए। उनका  अनुसार अष्ट्रेलियामा रहेका नेपाली र तामाङ समुदायलाई एकै स्थानमा भेला गराई सांस्कृतिक भेषभूषा, पारम्परिक गीत–संगीत र सामुदायिक सहभागिता मार्फत आपसी सम्बन्ध मजबुत बनाउने लक्ष्य कार्यक्रमले लिएको छ।
“यस्ता सामुदायिक कार्यक्रमहरूले नयाँ पुस्तालाई आफ्नै सस्कृतिसँग जोड्न र परस्पर सहयोग र समझदारीलाई बलियो बनाउन महत्वपूर्ण योगदान पुग्ने  अध्यक्ष तामाङले बताए                                               ।  
कार्यक्रममा मनोरञ्जनात्मक खेलकुद, लाइभ  गीत  संगीत, तामाङ र नेपाली सांस्कृतिक प्रस्तुति तथा सामुदायिक भेटघाट र नेटवर्किङ लगायतका आकर्षक कार्यक्रमहरू समावेश गरिनेछ। साथै सबैका लागि विशेष BBQ खानाको निःशुल्क व्यवस्था गरिएको आयोजक संस्थाले बताएको छ। अध्यक्ष तामाङले सबैलाई उपस्थित भई कार्यक्रमलाई सफल बनाउन नेपाली   समुदायलाई   हार्दिक अनुरोध समेत  गरेका छन् ।  

थप जानकारीका लागि सैलु : 0405 932 902, समिर : 0482 011 1367  कुन्साङ्  0450 043 874  नम्बरमा  सम्पर्क  गर्न  सकिनेछ ।   
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्