नेभिगेशन
न्यू साउथ वेल्स

सिड्नीमा ९३औँ तामाङ पहिचान दिवसको अवसरमा पहिलो ‘तामाङ ज्ञान पहिचान’ सेमिनार 

सिड्नी ।  तामाङ सोसाइटी अफ एनएसडब्ल्यूको आयोजनामा ९३औँ तामाङ पहिचान दिवसको अवसरमा आगामी अगस्ट १७, आइतबार सिड्नीको पेरामाटामा  भव्य ‘तामाङ ज्ञान पहिचान’ विषयक एकदिने सेमिनार हुने भएको छ।

यस विशेष अवसरमा राजनीतिक तथा सामाजिक विश्लेषक विश्व भक्त दुलाल (आहुती) प्रमुख अतिथिका रूपमा उपस्थित हुनेछन्। साथै, भाषाविद् अमृत योञ्जन तामाङ (नेपाल), विज्ञ डा. मुक्ति सिङ तामाङ (नेपाल) र उपकुलपति लालकाजी तामाङ विशेष अतिथि तथा प्रस्तुतकर्ता रहने कार्यक्रम रहेको छ।

तामाङ सोसाइटी अफ एनएसडब्ल्यूका अध्यक्ष राज पाख्रिनले भने, “यो सेमिनार हाम्रो भाषा, संस्कृति र पहिचानको संरक्षण तथा प्रवर्द्धनमा ऐतिहासिक कदम हुनेछ। सिड्नीमा बसोबास गर्ने नयाँ पुस्ताले आफ्नो इतिहास पहिचान  भाषा  सस्कृति र गौरवलाई नजिकबाट बुझ्न पाउने सुनौलो अवसर भएको  पाख्रिनले बताए ।  

आयोजकका अनुसार कार्यक्रम अगस्ट १७, आइतबार बिहान ठीक ११:३० बजे level 2  16-18 wentworth street   paramatta  मा   हुनेछ। सिड्नीबसी सम्पूर्ण समुदायलाई कार्यक्रममा उपस्थित भई तामाङ संस्कृति र पहिचानलाई मजबुत बनाउन समुदायलाई   आग्रह  गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्