नेभिगेशन
न्यू साउथ वेल्स

नारी निकुञ्ज अष्ट्रेलियाद्वारा आयोजित च्यारिटी तीज विशेष कार्यक्रम सिड्नीमा भव्य रूपमा सम्पन्न

सिड्नी ।  नेपाली सांस्कृतिक पहिचानको प्रवर्द्धन, महिला सशक्तिकरण र सामाजिक सेवामा क्रियाशील संस्था नारी निकुञ्ज अष्ट्रेलियाले आयोजना गरेको च्यारिटी तीज विशेष कार्यक्रम गत आइतबार, ३ अगस्टका दिन सिड्नीको ब्लाक  टाउनमा भव्य रूपमा सम्पन्न भएको छ।IMG_0512-1754453302.jpeg

कार्यक्रमका मुख्य अतिथि NSW काउन्सुलेट सञ्जीव शर्माले  तीजजस्ता पर्वले नेपाली महिलाहरूलाई एकत्रित गर्दै संस्कृति र आत्म–पहिचानको जगेर्ना गर्ने बताउदै  प्रवासमा बसेर पनि आफ्नो कला  सस्कृति मनाउन पाउनु गौरवको विषय रहेको बताए    ।  
त्यस्तै अतिथि एनआरएनए अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले प्रवासी नेपाली महिलाहरूको सक्रियता र नारी निकुञ्जको कार्यको खुलेर प्रशंसा गरे ।  उनले  यस्ता कार्यक्रमले हाम्रो समुदायलाई जोड्न, संस्कार जोगाउन र समाजप्रति उत्तरदायी बन्न ठूलो प्रेरणा दिने बताए                                                      ।  IMG_0511-1754453341.jpeg

कार्यक्रमको अध्यक्षता गरेकी  नारी निकुन्ज अष्ट्रेलिया संयोजक सङ्गीता  चापागाईेले नारी निकुञ्जको उद्देश्य, तीज पर्वको महत्त्व र समाजमा नारीको भूमिकामाथि प्रकाश पार्दै संस्थाले आफ्नो   कार्यकालमा गरेका  कामको संिक्षप्त  फेहरिस्त प्रस्तुत गरिन ।  
नारी निकुन्ज NSW संयोजक सबला बस्नेतले स्वागत मन्तव्य दिदै सम्पूर्ण अतिथि, सहभागी, सहयोगी तथा शुभेच्छुकहरु प्रति आभार व्यक्त गरिन्  ।  
नारी निकुन्जकी संस्थापक तथा सल्लाहकार रञ्जु वाग्ले थापाले नारी निकुञ्जको स्थापना र सामाजिक अभियानको उद्देश्य स्मरण गर्दै महिला सशक्तिकरणमा एकताबद्ध भएर अघि बढ्न सबैलाई आह्वान गरिन ।
यस अवसरमा नवनिर्वाचित NSW संयोजक उषा बरिया पोखरेल NSW नारी निकुञ्ज संयोजक आशा श्रेष्ठ एनआरएनए कोषाध्यक्ष निजन चौलागाईं ICC सदस्य सुशील पोखरेल सदस्यहरू अवानी पौडेल, गीता दाहाल र अजिना कार्कीलाई  विशेष रूपमा सम्मान गरिएको थियो। साथै, नेपाली समुदायमा सक्रिय भूमिका खेलेका अन्य विशिष्ट व्यक्तित्वहरूलाई पनि सम्मान गरिएको थियो ।  
कार्यक्रममा स्थानिय कलाकारको  तीज गीत प्रस्तुति   सांस्कृतिक नृत्य, तीज गीतहरू, मनोरञ्जनात्मक प्रस्तुतिले कार्यक्रमलाई थप मनोरन्जन  प्रदान गरेको थियो ।  उक्त च्यारिटी तीजबाट संकलित रकम समाजसेवामा खर्च गरिने जानकारी आयोजकले दिएका छन्।
नारी निकुञ्ज अष्ट्रेलियाले प्रवासमा नेपाली महिलाहरूको सशक्तिकरण, नेतृत्व विकास र सामाजिक उत्तरदायित्वमा निरन्तर क्रियाशीलता जनाउँदै आइरहेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्