नेभिगेशन
न्यू साउथ वेल्स

“अबन तीज धमाका” को चौथो संस्करण २२ अगस्टमा सिड्नीको अबनमा आयोजना हुने

सिड्नी   ।  नेपाली कला, संस्कृति र पर्वको संरक्षण तथा प्रवर्द्धनमा सक्रिय रहेको अष्ट्रेलियास्थित Auburn Nepalese Community (ANC) ले यस वर्ष पनि भव्य सांस्कृतिक उत्सव “अबन तीज  धमाका - Vol. 4” को आयोजना गर्न लागेको छ। यहि २२ अगस्टमा Grand Palace Reception, 219 Parramatta Road, Auburn NSW मा हुने सो कार्यक्रम बेलुकी ५:३० बजेबाट राति १०:३० बजेसम्म सञ्चालन हुनेछ।

यस वर्षको तीज धमाकामा नेपालका लोकप्रिय लोकगायक रामजी खाँड र गायिका शान्ता रानी परियारको प्रत्यक्ष गायन प्रस्तुति मुख्य आकर्षण रहनेछ। दुवै कलाकारहरू नेपाली सांगीतिक क्षेत्रमा दशकभन्दा लामो अनुभव बोकेका सशक्त स्वरधनी हुन्। कार्यक्रम संयोजकका अनुसार, यो सांगीतिक साझले अष्ट्रेलियामा बसोबास गरिरहेका नेपालीहरूलाई घरको माया, संगीतको मिठास र समुदायको आत्मीयताको अनुभूति गराउनेछ।
कार्यक्रममा सहभागी दर्शकहरूका लागि विभिन्न पुरस्कारहरूको समेत व्यवस्था गरिएको छ, जसमा:
पहिलो पुरस्कार: गोर्खा ज्वेलरीद्वारा उपलब्ध गराइने बम्पर माली तिलहरी, दोस्रो पुरस्कार: हाम्रो  अबर्‍न फ्रेशबाट एक वटा खसी, तेस्रो पुरस्कार: खुकुरी अटोमा ४ जना भाग्यशाली विजेताहरूलाई निःशुल्क कार सेवा तथा  चौथो पुरस्कार: खुकुरी क्याम्सी र एडिलेडमा चार जनाका लागि फ्री डिनर रहेको  छ ।  

कार्यक्रममा विभिन्न नेपाली व्यवसायहरूको सक्रिय सहकार्य रहेको छ। सहभागीहरूलाई निम्न छुट सुविधा प्रदान गरिने आयोजकले बताएका छन्  ।  जस्मा Encourage Training College बाट Aged Care कोर्समा $1000 छुट, Manakamana Grocery, Welcome Function Centre, Rawson Supermarket, Himalayan Fusion Auburn, Boutique Nepal, Bajeko Sekuwa, Nepali Removal, र Chitwan Tass & Momo House मा ५% देखि १५% सम्मको छुट रहेको छ ।  Auburn Nepalese Community का  अध्यक्ष       अरुण श्रेष्ठले  कार्यक्रमलाई अझ व्यवस्थित, समावेशी र आकर्षक बनाउन व्यवसायिक साझेदारी र सांगीतिक प्रस्तुतीहरूलाई विशेष प्राथमिकता दिएको बताए I        
उनले  सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई परिवारसहित सहभागी भई कार्यक्रमलाई सफल  पार्न आग्रह   समेत  गरेका  छन्  ।  
 “तीज  धमाका” कार्यक्रमले अष्ट्रेलियामा रहेका नेपालीहरूको मौलिक संस्कार र परम्परालाई जीवित राख्न योगदान पुर्‍याउँदै आएको छ। सहभागीहरूको सक्रिय उपस्थितिले कार्यक्रममा थप ऊर्जा दिने अपेक्षा गरिएको छ। आयोजकले समयमै टिकट सुनिश्चित गर्न समेत  आग्रह गरेका छन् ।  
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्