सिड्नी। नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीजको अवसरमा अष्ट्रेलियाको सिड्नीमा भव्य ‘तीज रमाइलो साँझ २०२५’ कार्यक्रम आयोजना गरिने भएको छ। नेपाली कला, संस्कृति तथा साहित्य प्रतिष्ठान (NKSSP) को आयोजनामा यहि शनिबार, १६ अगस्ट २०२५ का दिन Granville Town Hall मा आयोजना हुन लागेको यो कार्यक्रमले सिड्नीस्थित नेपाली समुदायलाई एकै थलोमा ल्याउने विश्वास गरिएको छ। कार्यक्रम साँझ ४ बजेदेखि राति ११ बजे सम्म सञ्चालन हुनेछ भने सहभागीहरूको लागि प्रवेश शुल्क $45 मात्र तोकिएको छ।
कार्यक्रमको विशेष आकर्षणको रूपमा अस्ट्रेलियामा जन्मेका दोस्रो पुस्ताका नेपाली बालबालिकाहरूले तीज गीतमा नृत्य प्रस्तुत गर्नेछन्। बालबालिकामार्फत नेपाली चाडपर्वको महत्व र सांस्कृतिक जगेर्नाको सन्देश दिन खोजिएको NKSSP की अध्यक्ष सुजाता बस्नेत केसीले जानकारी दिइन् ।
कार्यक्रममा सहभागीहरूले नेपाली परिकारहरू सेलरोटी, खीर, तरकारी, अचारका साथै नेपाली चिया र ड्रिंक्सको स्वाद लिन सक्नेछन्।
कार्यक्रममा DJ Suren ले संगीतमय माहोल तयार गर्नेछन्। साथै, Best Dress र Best Performance क्याटेगोरीमा विजेताहरूलाई गिफ्ट ह्याम्पर प्रदान गरिनेछ। तिलहरि जित्ने अवसर पनि सहभागीहरूका लागि थप आकर्षण हुनेछ।
सीटहरू सीमित रहेकोले समयमै टिकट बुक गर्न आयोजकहरूले आग्रह गरेका छन्। टिकट बूकिङको लागि
कार्यक्रमको व्यवस्थापन टिममा रहेका व्यक्तिहरु
रामहरी आचार्य (TEEJ Coordinator): 0450 044 247
रेखा भट्ट: 0414 936 375, रिना केसी: 0411 686 414
सविता पुडासैनी: 0405 159 921 लाई सम्पर्क गर्न सकिनेछ ।
यस सांस्कृतिक साँझले अष्ट्रेलियामा रहेका नेपाली समुदायबीच आपसी सम्बन्ध, उत्सव र परम्पराको पुनः जगाउन ठूलो भूमिका खेल्ने अपेक्षा गरिएको छ।