सिड्नी । साउन पन्ध्रको अवसरमा नेपाली अभिभावक समाज अष्ट्रल ,अष्ट्रेलियाको आयोजनमा यहि जुलाई ३१ तारिख विहिवार एक कार्यक्रमका गरेर स्वाद संस्कृति र समर्पणको मिठो श्रावण १५ खिर खाने उत्सव मनाइयो । सिड्नीको अष्ट्रलमा सम्पन्न सो कार्यक्रम साँसद Nathan Hagarty को प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
सो अवसरमा बोल्दै साँसद Nathan Hagarty ले आफ्नो मन्तब्य व्यक्त गर्दै अभिभावक समाजले सामुदायिक विकास चेतना एवं समन्वयकारी कार्यको प्रशंशा गर्दै नेपाली समुदायको हितको आफुले सक्दो सहयोग गर्ने प्रतिबद्दता व्यक्त गरे । नेपाल अभिभावक समाज अष्ट्रलका अध्यक्ष चन्द्रकुमार कायस्थको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा समाजका सल्लाहाकार तथा फेन्का न्यू साउथ बेल्थका डेपुटि कोर्डिनेटर मुक्तिराम पोखरेलले स्वागत मन्तव्य व्यक्त गर्दै कार्यक्रमको उद्देश्य तथा महत्वका बारेमा आफ्नो बिचार ब्यक्त गरेका थिए ।
समाजका सचिव रमण खतिवडा र सह कोषाध्यक्ष केदार तिमिल्सिनाद्वारा संचालित सो कार्यक्रममा परम्परागत रितिरिवाज ,सांस्कृतिक भेषभुषा झल्काउने नृत्य समेत प्रस्तुत गरिएको थियो । खिर खाने सो कार्यक्रममा करिव १ सय ५० जनाको उत्साहाजनक सहभागिता रहेको थियो ।