सिड्नी। अष्ट्रेलियामा रहनु भएका नेपाली तराई समुदायबीच आपसी सद्भाव, मेलमिलाप र सामाजिक एकता प्रवर्द्धन गर्ने उद्देश्यले Association of Nepal Terai in Australia (ANTA–AUS) ले विशेष पारिवारिक भेटघाट तथा बार्बेक्यु कार्यक्रम आयोजना गर्ने भएको छ।
यहि १७ अगस्ट आइतबारका दिन सिड्नीस्थित प्यारामाटा पार्कको बुनमार्रा पिकनिक शेल्टरमा दिउँसो १:०० बजेबाट सुरु हुनेछ ।
एन्टाका अध्यक्ष रन्जित साहले परदेशमा रहेका हामी नेपालीबीच आत्मीयता, सहकार्य र आपसी भाइचारा अझ मजबुत तथा हाम्रो भाषा, संस्कार र पहिचानलाई नयाँ पुस्तासमक्ष पुर्याउन यो एउटा उत्कृष्ट अवसर भएको बताए । उनले नेपाली समुदायप्रति आभार प्रकट गर्दै सबैलाई कार्यक्रममा सहभागी हुन हार्दिक आमन्त्रण गरेका छन्।