नेभिगेशन
न्यू साउथ वेल्स

सिड्नीमा भव्य ‘तीज साँझ २०२५’ हुने 

सिड्नी ।  साउथ वेस्ट नेपालीज कम्युनिटी सिड्नीको आयोजनामा आउँदो अगस्ट ८ शुक्रबार  अष्ट्रेलियाली नेपाली समुदायका लागि एक भव्य सांगीतिक र सांस्कृतिक कार्यक्रम ‘तीज साँझ २०२५’ गरिने भएको छ।

क्राइस्टल होम्सको प्रस्तुति रहेको यो कार्यक्रम Greg Percival Community Centre, Ingleburn मा बेलुकी ५:३० बजेबाट १०:३० बजेसम्म सम्पन्न हुनेछ।

यस कार्यक्रममा नेपालको लोकप्रिय गायिका सम्झना भण्डारी र लोकदोहोरी गायक श्याम रानाले उपस्थित भएर विशेष प्रस्तुति दिनेछन्। विशेष गरि महिला दर्शकहरूका लागि आकर्षणको केन्द्र हुने विश्वास गरिएको छ।
कार्यक्रममा नि:शुल्क प्रवेशको व्यवस्था गरिएको छ, जसले सबै वर्ग र उमेर समूहका समुदाय सदस्यहरूलाई सहभागिताको अवसर प्रदान गर्नेछ। 

तीज नेपाली महिलाहरूको एक विशेष पर्व हो, जुन व्रत, भक्ति र नाचगानद्वारा मनाइन्छ। प्रवासमा बसोबास गरिरहेका नेपालीहरूका लागि यस कार्यक्रमले नेपालीपनको झल्को दिलाउने मात्र नभई, आपसी सम्बन्ध र सांस्कृतिक पहिचान बलियो बनाउने अपेक्षा गरिएको छ।

साउथ वेस्ट नेपालीज कम्युनिटी सिड्नीले सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई तीजको उल्लास र उमङ्ग साथ मनाउन ‘तीज साँझ २०२५’ मा उपस्थित भइ कार्यक्रमलाई सफल बनाउने हार्दिक आग्रह गरेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्