नेभिगेशन
न्यू साउथ वेल्स

नारी निकुन्जको हरितालिका तीज  कार्यक्रम  अगस्ट ३ तारिक   आईतवार  ब्लाकटाउनमा हुँदै 

सिड्नी। नेपाली महिलाको परम्परागत पर्व हरितालिका तीज यस वर्ष पनि  नारी निकुन्ज अष्ट्रेलियाले  विशेष उत्साहका साथ मनाइने भएको छ। एनआरएनए महिला मञ्च नारी निकुञ्ज (NSW) को आयोजनामा “तीज for Charity” शीर्षकमा आयोजित यो कार्यक्रम  Prisha Events and Catering (10 Third Ave, Blacktown, NSW) मा
अगस्ट ३ तारिक  आईतवारका  दिन बेलुकी ५:०० बजेबाट सुरु हुनेछ ।  

कार्यक्रममा चर्चित कलाकार सम्झना लामिछाने मगरको विशेष प्रस्तुति सहित विभिन्न सांस्कृतिक कार्यक्रम, नृत्य, गीत र नेपाली परिकारको स्वादको पनि मजा लिन सकिनेछ। प्रवेश शुल्क $५० राखिएको छ, जसमा ३ कोर्सको स्वादिष्ट भोजन पनि समावेश गरिएको छ।

कार्यक्रमको उद्देश्य केवल मनोरञ्जन मात्र नभई, च्यारिटी मार्फत समुदायमा योगदान दिनु पनि हो। कार्यक्रमबारे जानकारी दिँदै नारी निकुन्ज NSW राज्य संयोजक सबला बस्नेतले भनिन्: “नारी निकुञ्जले प्रत्येक वर्ष नेपाली महिलाहरूको आत्मबल, संस्कृति र एकताको प्रतीकका रूपमा तीज पर्व भव्यताका साथ मनाउँदै आएको छ। यसपालिको तीज कार्यक्रम च्यारिटी उद्देश्यका लागि समर्पित छ, जसबाट हामी नेपालका दुर्गम क्षेत्रका शिक्षा र स्वास्थ्य क्षेत्रमा सकारात्मक प्रभाव पार्ने लक्ष्य राखेका छौं। सबैलाई यस कार्यक्रममा उपस्थित भई सधैंझैं साथ र सहयोग गर्न हार्दिक अनुरोध छ।”

आयोजकहरूले नेपाली समुदायका सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई  सजिएर, रमाएर  सांस्कृतिक चाडलाई रमाइलोका साथ मनाउँदै सामाजिक सेवामा योगदान गर्न निमन्त्रणा समेत  गरेको  छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्