नेभिगेशन
न्यू साउथ वेल्स

सिड्नीमा ग्रेटर सिड्नी नेपाली बहुसांस्कृतिक केन्द्र निर्माणका लागि सिड्नी आध्यात्मिक महोत्सव  हुने

सिड्नी. ग्रेटर सिड्नी नेपाली बहुसांस्कृतिक केन्द्र (GSNMC) निर्माणको अभियानलाई थप सशक्त बनाउने उद्देश्यले सिड्नीमा एक पत्रकार भेटघाट तथा सामुदायिक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ। जुन १५ आइतबार, सिड्नीस्थित बार्दली  फङ्सन सेन्टरमा सम्पन्न उक्त कार्यक्रममा GSNMC का पदाधिकारीहरु, बोर्ड अफ डाइरेक्टरहरु विभिन्न सामुदायिक संघसंस्थाका प्रतिनिधिहरु तथा पत्रकारहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा आगामी अगष्ट २९ देखि ३१ सम्म आयोजना गरिने “सिड्नी आध्यात्मिक महोत्सव २०२५” को उद्देश्य, तयारी तथा कार्ययोजनाको बारेमा विस्तृत जानकारी प्रदान गरिएको थियो। GSNMC का अध्यक्ष विष्णु हमालले महोत्सवको मुख्य उद्देश्य नेपालीहरुको साझा सपना—सिड्नीमा एक नेपाली बहुसांस्कृतिक केन्द्र—निर्माणका लागि जनचेतना फैलाउने र आवश्यक आर्थिक स्रोत संकलन गर्नु रहेको स्पष्ट पारे ।  IMG_9849-1750456858.jpeg

नेपालबाट वाचन प्रविण दीनबन्धु पोखरेल प्रमुख अतिथिको रूपमा आउनुहुनेछ भने सिड्नीका बौद्ध गुरुहरूको पनि आध्यात्मिक उपस्थिति रहनेछ। कार्यक्रममा GSNMC का उपाध्यक्ष उमेश पन्तले सिड्नीवासी सम्पूर्ण नेपाली समुदाय र व्यवसायीहरुलाई महोत्सवलाई सफल बनाउन प्रायोजन तथा आजीवन सदस्यता मार्फत सहयोग गर्न आग्रह गरे ।सो  आध्यात्मिक महोत्सवमा MarkQ Homes ले प्रमुख प्रायोजकको रूपमा साथ दिने घोषणा गरेको छ भने Aussie Finance and Home Loans र Expert Education and Visa Services ले प्लेटिनम प्रायोजनको प्रतिबद्धता जनाएका छन्।

महोत्सवको पहिलो दिन १००८ कलशसहितको भव्य कलश यात्राबाट कार्यक्रम सुरु हुने बताइएको छ। यस यात्राको संयोजन सचिव मीना शर्माले गर्नेछिन । सिड्नीका सम्पूर्ण महिला दिदीबहिनीहरुलाई यो पवित्र यात्रामा सहभागी हुन अग्रिम दर्ता गर्न शर्माले   अनुरोध गरिन । शर्माका अनुसार, यो कलश यात्रा नेपाली सामुदायिक केन्द्र निर्माणप्रति प्रतिबद्धता दर्शाउने ऐतिहासिक र आध्यात्मिक अभियान हुनेछ।

कार्यक्रममा GSNMC का महासचिव डा. प्रकाश पौडेलले संचालन गर्नुका साथै उपस्थित समुदायका प्रतिनिधिहरू तथा पत्रकारहरूले राखेका प्रश्नहरूको अध्यक्ष हमाल, उपाध्यक्ष पन्त, सचिव शर्मा लगायतले  उत्तर दिएका  थिए  ।  कार्यक्रममा न्यू साउथ वेल्स राज्यका लागि नेपाली मानार्थ वाणिज्यदूत संजीव शर्माले पनि आफ्नो   बिचार   राखेका  थिए   ।IMG_9850-1750457006.jpeg

GSNMC अभियान, सिड्नीमा नेपाली मूलका व्यक्तिहरुको सांस्कृतिक पहिचान जोगाउने र भावी पुस्तालाई हस्तान्तरण गर्ने उद्देश्यले स्थापना गरिएको साझा केन्द्रको परिकल्पना हो। 
GSNMC: आजका लागि मात्र होइन, भविष्यका पुस्ताका लागि उपहार पनि हो ।  अष्ट्रेलियामा  हुर्कँदै गरेका नेपाली बालबालिकाहरूले आफ्ना अभिभावकसँग सोध्नेछन्-“हामी कहाँबाट आएका हौं?” त्यो उत्तर अब शब्दमा मात्र होइन, GSNMC केन्द्रको ढोका खोलेर देखाउन सकिने हुनेछ। सबैको   साथ भयो  भने त्यो दिन टाढा छैन। उक्त केन्द्र नेपाली समुदायको गौरवशाली सम्पदा बन्ने विश्वासका साथ सबैलाई अभियानमा सक्रिय सहभागी बन्न आयोजकहरूले अपिल गरेका छन्।

Greater Sydney मा नेपालीको बहुसांस्कृतिक धरोहर - “Greater Sydney Nepalese Multicultural Centre” को निर्माणार्थ आजीवन सदस्यता अभियान बृहत ढङ्गले अगाडी बढेको छ । यो अभियानमा जोडिएर जग्गा खरिद चरणमै गौरव पूर्वक आजीवन सदस्यता लिईदिनुहुन अनुरोध गरेको छ । यो सामुहिक अभियानलाई सफल पार्न सहकार्य गरौं र आ-आफ्नो ठाउँबाट सक्दो योगदान गरौँ ।

आजीवन सदस्यताका लागि :

https://gsnmc.org.au/membership/

1008 कलश यात्रा Registration का लागिः

https://shorturl.at/Bc39L

आध्यात्मिक महोत्सव स्पोन्सरको लागि:

https://shorturl.at/nBHkQ

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्