नेभिगेशन
न्यू साउथ वेल्स

सिड्नी ओपेरा हाउसमा पहिलो पटक ‘कल्चर इन सिंक’ मार्फत हरि महर्जनको सांगीतिक प्रस्तुति हुने 

सिड्नी ।  विश्वप्रसिद्ध सांगीतिक मञ्च सिड्नी ओपेरा हाउसमा पहिलो पटक नेपाली कलाकारले मुख्य प्रस्तोता भएर सांगीतिक कार्यक्रम प्रस्तुत गर्ने भएका छन्। प्रसिद्ध संगीतकार 
तथा   गिटारवादक हरि महर्जनको नेतृत्वमा तयार पारिएको ‘कल्चर इन सिंक’ नामक सांगीतिक प्रस्तुति आगामी जुन १९ तारिक बिहीवारका दिन साँझ ८ बजे ओपेरा हाउसमा आयोजना हुँदैछ। संगम प्रोडक्सनको प्रस्तुतिमा हुने यस कन्सर्टले काठमाडौं उपत्यकाको जीवन्त नेवा संगीत र समसामयिक ज्याज संगीतको सिर्जनात्मक फ्युजन प्रस्तुत गर्दैछ।IMG_9711-1749858901.jpeg

सो अवसर नेपाली संगीत क्षेत्रका लागि ऐतिहासिक हुनेछ। जहाँ नेपाली लोकधुन, परम्परागत वाद्ययन्त्र, नृत्य र जाज संगीतको फ्युजन मार्फत नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा प्रतिनिधित्व गरिनेछ। ‘कल्चर इन सिंक’ कार्यक्रमले पूर्वीय सांस्कृतिक विरासत र पश्चिमी संगीत शैलीबीचको सशक्त समन्वय प्रस्तुत गर्ने उद्देश्य राखेको छ।

कार्यक्रममा नेपाली र अष्ट्रेलियाली संगीतकारहरूको संयुक्त प्रस्तुति रहनेछ ।  ‘कल्चर इन सिंक’ कार्यक्रम यसअघि सन् २०२५ को प्रारम्भमा काठमाडौंमा पहिलोपटक प्रस्तुत गरिएको थियो। दर्शक तथा समीक्षकबाट सकारात्मक प्रतिक्रिया पाएपछि अब यसले सिड्नी ओपेरा हाउसमा पाइला टेकेको हो।संगम प्रोडक्सनद्वारा प्रस्तुत हुने यस ‘कल्चर इन सिन्क’ ज्याज प्रेमीहरू मात्र नभई विश्व संगीत र सांस्कृतिक खोजमा रुचि राख्नेहरूका लागि पनि आकर्षक बन्ने म्युजिक डिरेक्टर र महर्जनका पूर्व विद्यार्थी निर्वाण विष्टले बताए    ।
 हाल  उनी सिड्नीका  बिश्वविद्यालयमा संगीत  पढाउछन् । त्यस्तै प्रोडक्सनका सह-संस्थापक तथा कार्यकारी निर्देशक  गजेन्द्र शाही भन्छन्, “यो कार्यक्रम संगीतको माध्यमबाट बिभिन्न भूगोलमा रहेका नेपाली समुदाय, अन्तर्राष्ट्रिय संगीतप्रेमी र संस्कृतिमा रुचि राख्ने दर्शकलाई एक ठाउँमा जोड्ने प्रयास हो।    

ग्रान्भिल समाजका अध्यक्ष   भिम  बस्नेतले हरि महर्जनको नेतृत्वमा नेपाली कलाकार सम्मिलित पहिलोपटक सिड्नी ओपेरा हाउसको मुख्य मञ्चमा प्रस्तुति  दिनु समग्र नेपाली संगीत समुदायका लागि गौरवको विषय  भएको बताए                              ।  कार्यक्रमले केवल सांगीतिक प्रस्तुति दिने मात्र नभई, नेपाली संस्कृति, पहिचान र रचनात्मक क्षमतालाई अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्ने माध्यमको रूपमा कार्य गर्ने अपेक्षा गरिएको छ।IMG_9712-1749859307.jpeg

आयोजक संगम प्रोडक्सनले  सिड्नीबासी नेपाली समुदाय हरुलाई  सहभागि  हुन अनुरोध   समेत   गरेको   छ ।  कार्यक्रमका लागि टिकटहरू अप्रिल १८ देखि सिड्नी ओपेरा हाउसको आधिकारिक वेबसाइटमार्फत बिक्रीमा उपलब्ध छन्।


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्