सिड्नी । प्रसिद्ध आध्यात्मिक गुरु, शिक्षक तथा जीवनमार्गदर्शक रुपेश्वर गौर दासद्वारा आउँदो आइतबार जुन ८ तारिक ग्रानभिलमा विशेष आध्यात्मिक प्रवचन कार्यक्रम हुने भएको छ। सो कार्यक्रम साँझ ५ बजेदेखि ७ बजेसम्म 4-6 Blaxcell street Granville मा आयोजना हुनेछ।
इन्जिनियरिङ पृष्ठभूमिबाट आध्यात्मिक क्षेत्रमा प्रवेश गरेका दासले दशकौंको अनुभव संगाल्दै मानिसलाई आन्तरिक शान्तिको अनुभूति र जीवनको सर्वोच्च सम्भावनाको प्राप्तिमा सहयोग पुर्याउँदै आएका छन्। उनका शिक्षाहरू प्राचीन आध्यात्मिक परम्पराको अमूल्य ज्ञानलाई आधुनिक जीवनका जटिल समस्यासँग जोड्ने अद्भुत संयोजन हुन्। हाल रुपेश्वर गौर दास गुरु अष्ट्रेलियाको भ्रमणमा छन् । उनले अष्ट्रेलियाको बिभिन्न शहरहरुमा आफ्नो आध्यात्मिक प्रवचन दिदै आएका छन् । यसको संयोजन सिड्नीका पूजारी प्रकाश गैरेले गरेका छन् । गैरेले अनुसार उक्त प्रवचनमा जीवनलाई सन्तुलित, शान्तिपूर्ण र उद्देश्यपूर्ण बनाउने विषयमा मार्गदर्शन गरिनेछ।
आयोजकहरूका अनुसार यो सत्रले सहभागीहरूलाई आत्मचिन्तन, शान्ति र समृद्धिको नयाँ अनुभूति दिलाउने अपेक्षा गरिएको छ। उपस्थितिको लागि गैरेले नेपाली समुदायलाई आग्रह गरेका छन् ।