सिड्नी । नेपाली आदिवासी जनजाति मञ्च अस्ट्रेलिया तथा शेर्पा एसोसिएसन अफ एनएसडब्लुको संयुक्त आयोजनामा सिड्नी स्थित रातो घरमा मे २९ तारिक एक कार्यक्रमको आयोजना गरी ७२औं सगरमाथा दिवस भव्य रूपमा मनाइएको छ ।
यस अवसरमा आयोजकहरूले पर्वतारोहीहरू, स्वदेश तथा विदेशमा रहेका नेपालीहरू र विशेषगरी शेर्पा समुदायको योगदानको सम्मानमा कार्यक्रम आयोजना गरेका हुन् ।
कार्यक्रममा प्रमुख अतिथि न्यु साउथ वेल्स राज्यका मानार्थ वाणिज्यदूत संजीव शर्माले सगरमाथा दिवसले नेपाल र विश्वभरका पर्वतारोहण प्रेमीहरूलाई एक सूत्रमा बाँध्ने बताउदैं नेपाल बुद्ध र सगरमाथाको देश भनेर विश्वमा चिनिएको बताए । शर्माले सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुग्ने पहिलो पर्वतारोही सर एडमण्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पालाई स्मरण गर्दै शेर्पा समुदाय तथा नेपाली आदिवासी जनजाति मञ्च अस्ट्रेलियाले अस्ट्रेलियाको नेपाली समुदायको पहिचान र योगदानलाई उजागर गर्न अग्रणी भूमिका खेलेको बताए ।
कार्यक्रममा अष्टेलियाबाट पहिलो सगरमाथा आरोही ग्रेग मार्टिमर ओएएमले नेपाल निकै सुन्दर देश भएको बताउदैं आफूले सगरमाथा आरोहण गर्दाको अनुभब सुनाउदै
आयोजकलाई विशेष धन्यवाद दिए । त्यस्तै कार्यक्रममा अस्ट्रेलियाली संघीय पूर्व सांसद लॉरी फग्र्युसनले नेपाली समुदायको प्रससा गर्दै नेपालीहरु साहसिक हुने बताए । निम्फाका अध्यक्ष लक्षमण गुरुङले सगरमाथा दिवस नेपालीहरूको गौरवको प्रतीक भएकाले यसलाई विदेशमा पनि निरन्तर मनाउनु पर्नेमा जोड दिए ।
गुरुङले आदिबासी समुदायले नेपाललाई बिश्वमा चिनाउन महत्वपूर्ण भूमिका खेलेको बताउदै प्रबाशमा समेत छुटै पहिचान बोकेको बताए । शेर्पा एसोसिएसन अफ एनएसडब्लुका अध्यक्ष एके शेर्पाले हिमाल आरोहणमा शेर्पाको साहसिक कदमको प्रशसा गर्दै
सगरमाथालाई सम्झिए । कार्यक्रममा अष्टेलियाबाट पहिलो सगरमाथा आरोही ग्रेग मार्टिमर तथा अस्ट्रेलियाली संघीय पूर्व सांसद लॉरी फग्र्युसनलाई सम्मान समेत गरिएको थियो ।
कार्यक्रममा एनआरएनएका पूर्व अध्यक्ष नन्द गुरुङ तमु समाज अष्ट्रेलियाका अध्यक्ष हुम्पति गुरुङ तामाङ समाज सिड्नीका अध्यक्ष बिशाल तामाङ अष्ट्रेलियन नेपलिज जर्नलिस्ट एशोसिएसनका अध्यक्ष कृष्ण तिवारी थारु समाज अष्ट्रेलियाका अध्यक्ष दीप नारायण चौधरी सामाजिक अभियन्ताहरु सुदर्शन थापा मगर, चित्र तुम्बासामाजिक अभियन्ता सुदर्शन थापा मगर, चित्र तुम्बाहाम्फे, लेख गुरुङ, शिव श्रेष्ठ लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरू आ आफ्नो बिचार राखेका थिए ।
वि.सं. २०१० साल (२९ मे १९५३) मा तेन्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारीले सगरमाथा सफल आरोहण गरेपछि त्यसको सम्झनामा प्रत्येक वर्ष २९ मे मा सगरमाथा दिवस मनाउने गरिन्छ ।